ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 29, 2009

धनकुटा र भोजपुरमा अत्याधुनिक हतियारसहित प्रदर्शन

धनकुटा असोज १३- सरकारले विशेष सुरक्षा योजना अन्तर्गत पहाडी जिल्लामा सशस्त्र प्रहरीको बेस क्याम्प स्थापना गरेको छ। तर पनि धनकुटा र भोजपुरका ग्रामीण क्षेत्रमा एके ४७, इन्सास, मेसिनगन बोकेर किराँत जनवादी वर्कर्स पार्टीका कार्यकर्ताहरुले खुल्लमखुल्ला कार्यक्रम गरिरहेका छन्।सङ्घीय किराँत राज्यको माग गर्दै किराँत जनवादी वर्कस पार्टीले धनकुटा र भोजपुरको ग्रामीण क्षेत्रमा अत्याधुनिक हातहतियार प्रदर्शनसहित वैचारिक कार्यक्रमहरू गर्दै हिँडिरहेका छन्।

दसैँको समयमा पार्टीले युद्धविरामको घोषणा गरेकाले ग्रामीण क्षेत्रहरूमा व्यापक वैचारिक कार्यक्रमहरू सञ्चालन गरिरहेको किराँत जनवादी वर्कस पार्टीका नेताहरूले बताएका छन्। धनकुटा र भोजपुरको ग्रामीण क्षेत्रहरूमा अत्याधुनिक हातहतियारसहित जातीय तथा सङ्घीय राज्यको स्थापनाको माग गर्दै हिँडिरहेका किराँत जनवादी वर्कस पार्टीका सशस्त्र समूहले किराँत राज्यको स्थापना नभए राज्यविरुद्ध भीषण सशस्त्र युद्ध गर्ने जनाएका छन्।

सरकारले जनवादी किराँत वर्कस पार्टीलगायत अन्य जातीय समूहको गतिविधिहरूलाई नियन्त्रण गर्न अहिले धनकुटा, भोजपुर, उदयपुर, खोटाङलगायतका पहाडी जिल्लामा सशस्त्र प्रहरीको बेस क्याम्प स्थापना गरी व्यापक प्रहरी परिचान गरेको छ।

किराँत जनवादी वर्कस पार्टीका हतियारधारीहरूले एके फोर्टिसेवेन, मेसिन गन, इन्सास, पेस्तोललगायतका अत्याधुनिक हातहतियार बोक्दै ग्रामीण क्षेत्रमा प्रदर्शन गर्दै हिँडिरहेकाले त्यस क्षेत्रको जनजीवन आतङ्कित बनेको छ। रासस

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by