ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 1, 2009

साझा संकल्प प्रस्ताव लगिने


काठमाडौं, १५ असोज(दैनिकी)
बिहीबार बसेको प्रमुख तीन दलको बैठकले माओवादीका मागलाई संवोधन हुने गरी साझा संकल्प प्रस्ताव लैजाने निर्णय गरेको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा साझा संकल्प प्रस्तावमा नागरिक सर्वोच्चता कायम हुने गरी प्रस्ताव लैजाने सहमति भएको हो । बैठकले सहमतिको साझा प्रस्ताव तयार पार्ने जिम्मा सत्ताधारी दलहरु एमाले र कांग्रेसलाई

दिएको छ । 


कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दुबै दलले साझा संकल्प प्रस्ताव तयार गरेर भोलि ५ बजेको बैठकमा लाने जानकारी दिए । बैठकपछि एमाले नेता केशव बडालले विगतका कमीकमजोरी नदोहोरिने गरी साझा संकल्प प्रस्ताव लान सहमति भएको बताए । यसै सिलसिलामा प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले भेटेर साझा संकल्प प्रस्तावका विषयमा छलफल गरेका थिए । प्रम नेपाल कोइराला निवास महाराजगञ्ज पुगेर सहमतिको विन्दूको खोजी भइरहेको जानकारी गराएका थिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by