ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 3, 2009

मलेसियामा नेपालीको हत्या

शनिश्चरे (झापा), असोज १७ -
वैदेशिक रोजगारीमा मलेसिया पुगेका एक झापालीको छुरा प्रहार गरी हत्या भएको छ। झापा चारपाने–१ का २८ वर्षीय किशोर ढकालको कोखमा छुरा प्रहार गरी हत्या गरिएको उनका बुबा जयप्रसाद ढकालले जानकारी दिए। ढकाल दुई वर्षअघि मलेसिया पुगेका थिए। शव नेपाल ल्याउन सकिएको छैन। 
असोज १० गते हत्या गरिएका ढकालको शव ११ गते बेवारिसे अवस्थामा फेला परेको परिवारले बताएको छ। मृतक ढकाल कङ्ग्रेस केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री चक्रप्रसाद बास्तोलाका भान्जा हुन्। रासस

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by