ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 29, 2009

फरार कैदीको सम्बन्धमा गृहमन्त्रालयद्वारा छानवीन समिति गठन

काठमाडौ, २०६६ आश्विन १३ -
गृहमन्त्रालयले सोमबार साँझ कन्चनपुरस्थित महेन्द्रनगरबाट फरार कैदीको छानबीन सम्बन्धमा छानवीन समिति गठन गरेकेा छ । मंगलबार मन्त्रालयका सहसचिव शंकरप्रसाद कोइरालाको संयोजकत्वमा प्रहरी वरिष्ठ उपरीक्षक पूर्णसिंह खडका र अनुसन्धान उप निर्देशक केशव सिंह सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको हो ।

१५ दिनभित्र सत्यतथ्य छानवीन गरी मन्त्रालयमा प्रतिवेदन बुझाउने छ । कारागारमा पर्याप्त सुरक्षाकर्मी भए पनि हतियार खोसी तेह्र जना कैदी साँझ डियुटीमा रहेका प्रहरीको एक थान थि्रनट थि्र राइफल खोसी भागेका थिए ।
कारागारबाट १३ जना कैदी भागेका  थिए । भागेका १३ जना मध्ये ३ जनालाई प्रहरीले पक्राउ गरेकेा छ ।
साँझतिर बन्दीहरुलाई गन्ती गरेर कारागारभित्र पठाउने क्रममा एक्कासी मुलढोकामा बसेका सुरक्षाकर्मीको हतियारलाई समेत  नियन्त्रणमा लिइ कैदीहरु भाग्न सफल भएको कंचनपुर जिल्ला प्रहरी उपरीक्षक माधवप्रसाद नेपालले जानकारी दिए ।
उनका अनुसार उक्त घटना योजनाबद्ध ढंगमा भएको हो । भाग्नेहरुमा रामचन्द, प्रकाश चन्द, दीपेन्द्र भण्डारी , गणेश महतो, खेम बुढा, गणेश धामी, धनबहादुर रानामगर, उग्रसेन राना, जलेवा राना, छत्रसिंह राना, तिलकराम चौधरी, करन नाथ र रामबहादुर चौधरी रहको छन् । तिमध्ये तिलकराम चौधरीलाई महेन्द्रनगरको चमनचौराइबाट र करननाथ र राम चन्दलाई बरमदेउको मटेनाबाट पक्राउ गरिएको छ ।
अन्य कैदीहरुको व्यापक खोजी भइरहेकेा प्रहरीले बताएको छ । त्यसका लागि सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको उपरीक्षक नेपालले जानकारी दिए । कैदीहरु कर्तव्य ज्यान ,जवरजस्ती करणी लगायत मुद्दासँग सम्बन्धीत छन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by