ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 30, 2009

निकासको खोजीमा दुई दलबीच छलफल

काठमाडौ, २०६६ आश्विन १४ - राजनीतिक गतिरोधको अन्त्यका लागि दलहरुले छलफल सुरु गरेका छन् । साझा सहमतिको खोजीमा  एमाले र कांगे्रसको बैठक बसेको छ । बुधबार राजधानीको एभरेष्ट होटलमा माओवादीले उठाउँदै आएको नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदमबारे सहमति खोज्न दुई दलबीच छलफल भएको बताइएको छ । सहमतिका लागि साझा प्रस्ताव तयार गर्ने विषयमा दुई दलबीच कुराकानी भएको एमाले सचिव युवराज ज्ञावलीले बताए । आजको छलफलबाट ठोस उपलब्धि हासिल नभएपनि बिहीबार एकीकृत माओवादी सहित तीन दलको बैठक बसी निकास निकाल्ने सहमति भएको उनले जानकारी दिए ।

बैठकमा एमालेबाट युवराज ज्ञवाली, केशव बडाल, उर्मिला आर्याल र पशुराम नेगीगुरुङ छन भने, कांगे्रसको तर्फबाट रामचन्द्र पौडेल, विमेन्द्र निधि, प्रकाशमान सिंह लगायतका नेताहरुको सहभागिता रहेको छ ।

माओवादीले नागरिकता सर्वोच्चता कायम नभएसम्म संसद चल्न नदिने भन्दै आएपछि व्यवस्थापिका संसदको बैठक विगत केही महिनादेखि बस्न सकिरहेको छैन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by