ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 2, 2009

माग सम्बोधन नभए अडान नछाड्ने माओवादी निर्णय

काठमाडौं, १६ असोज (दैनिकी) 
प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले नागरिक सर्वोच्चताको मुद्दालाई उचित ढ‌गले सम्बोधन नगरिए साझा संकल्प प्रस्ताव मान्य नहुने निर्णय गरेको छ । सो पार्टीको शुक्रबार बसेको स्थायी समिति बैठकले आज साँझ सत्ताधारी दलहरुले प्रस्तुत गर्ने साझा संकल्प प्रस्ताव हेरेर भोलि निर्णय लिने प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए । बैठकमा सत्तारुढ दलहरुसंग वार्ता र सहमति कायम गर्ने विषयमा भइरहेको छलफलको समीक्षा भएको माओवादी प्रवक्ता शर्माले बताए ।
उनका अनुसार बैठकले आगामी महाधिवेसनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन पेश गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई र सांगठनिक प्रतिवेदन तयार गर्न वरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणलाई जिम्मेवारी दिइएको छ । बैठकमा माओवादी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा आज साँझ सत्ताधारी दलहरुले ल्याउने भनिएको सहमतिको साझा प्रस्तावमा उल्लेख हुनुपर्ने माओवादी अडानबारे छलफल भएको थियो ।

माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य 'किरण'का अनुसार महाधिबेशनलाई निर्धारित समयमै सम्पन्न गर्ने र पार्टी सदस्यता नवीकरण गर्नेबारे पनि बैठकमा छलफल भएको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by