ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, September 27, 2009

दल र विदेशी शक्ति संविधानसभा विघटन गर्ने षड्यन्त्रमा: श्रेष्ठ

चाँदनी हमाल,चितवन,असोज ११- एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानसभा नै विघटन गर्ने षड्यन्त्र भैरहेको बताएका छन्। चितवनको माडीस्थित बालग्रामको आन्तरिक कार्यक्रममा सहभागी हुन माडी पुगेका श्रेष्ठले संचारकर्मीहरुसँग कुरा गर्दै संविधानसभा विघटनको षड्यन्त्रमा विदेशी शक्तिहरुसँगै अन्य दलहरु पनि लागेको आरोप लगाए।
उनले भने,पहिले संविधानसभा विघटन गर्ने षड्यन्त्रलाई हामी असफल पार्नेछौँ, त्यसपछि राजनीतिक अन्यौल हटाउन लाग्नेछौँ। तर नागरिक सर्वोच्चताको पक्षमा दलहरुले सम्बोधन नगरे त्यसको परिणाम नराम्रो हुने नेता प्रकाशले चेतावनी समेत दिए।

उनले माओवादीले दर्ता गरेको संकल्प प्रस्तावमाथि छलफल भएको भए आफूहरुले संसद अवरोध गर्नुपर्ने अवस्था नभएपनि अरु दलले साथ नदिएकाले बाध्य भएर संसद अवरोध गर्नुपरेको बताए। आफूहरुको मूल आन्दोलन नागरिक सर्वोच्चता नै भएको बताउँदै राष्ट्रपतिको कार्यादेश संवैधानिक वा सेरेमोनियल के हो त्यो संविधानमा स्पष्ट गरेर सम्बोधन गरेर संविधान संसोधन गरे संसदमा आफूहरु बाधक नबन्ने उनले स्पष्ट पारे। माओवादीको एजेन्डामा सम्बाधेन भए तत्कालका लागि गतिरोध अन्त्य भएपनि माओवादीको सरकार नबनेसम्म वर्तमान अन्यौल नहट्ने दाबी श्रेष्ठले गरे।

दशैँमा पनि ठूलादलहरुसँग छलफल जारी छ ,छलफलको निष्कर्षले नै संवैधानिक संकटबाट मुलुकलाई मुक्त पार्नेछ उनले भने। श्रेष्ठसँगै एकीकृत माओवादीका महासचिव रामबहादुर थापा, नेता हितमान श्रेष्ठ लगायतका नेताहरु बालग्रामको कार्यक्रममा सहभागी हुन माडी पुगेका हुन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by