ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 3, 2009

तत्काल सहमति हुँदैनःभट्टराई


बुटबलबाट थप अपडेटसहित

बुटवल, १७ असोज। (दैनिकी)
एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले तत्काल सहमतीमा पुगिन संभावना नरहेको बताएका छन। उनले वार्ता र छलफलको क्रम चले पनि सहज ढंगवाट निकास निस्कने संभावना देखा नपरेको बताए। एकिकृत माओवादी रुपन्देही जिल्ला समितिले बुटवलमा गरेको भेटघाट कार्यक्रममा उपाध्यक्ष भट्टराइले राष्ट्रपतिको कदम नसच्चिएसम्म माओवादी कुनै पनि हालतमा पछि नहट्ने उल्लेख गरे। ’वार्ता र कुराकानी चलेको छ सहमती हुन्छ होला भनेर भ्रमित हुनुपर्ने आवश्यक छैन’ नेता भट्टराइले भने–‘नागरिक सर्वोच्चता र राष्ट्रियताको मुद्दा हामी पछि हट्दैनौं।’

विगतको कदम गलत हो भनेर अझै स्वीकार गर्न सक्तासीन पार्टीहरु तयार नभएको बताउँदै नेता भट्टराइले सहज ढंगबाट निकास निस्कने संभावना देखा नपरे पनि माओवादीको जारी आन्दोलनले नागरिक सर्वोच्चता र माओवादी नेतृत्वमा सरकार गठन हुने दावी गरे। यसअघि नवलपरासी मुकुन्दपुरको बेल्डियामा उनले नागरिक सर्वोच्चता कायम गर्नको लागि आफ्‍नो पार्टी जस्तो सुकै बलिदानी दिन पनि तयार रहेको बताएका थिए।


अर्घाखाँचीमा एक कार्यक्रमको उद्‍घाटन गर्न जाने क्रममा उपाध्यक्ष डा. भट्‍टराईले नागरिकको सर्वोच्वता, शान्ति प्रक्रियामा वर्तमान सरकार बाधक रहेको भन्दै जनताले चाहेजस्तो नयाँ नेपालको लागि आफ्‍नो नेतृत्वको सरकार छाडेर सडकमा उत्रिएको बताए । तिहारपछि अर्को सशक्त आन्दोलन गर्ने चेतावनी दिदै डा. भट्‍टराईले त्यो आन्दोलनमा सहभागी हुन सबैलाई आग्रह पनि गरे।  यो सरकारले जनताको वलमा ढलिसकेको राजसंस्था ब्युँताउने प्रयास गरे देशमा आँधीबेहेरी ल्याउन आफ्‍नो पार्टी पछि नपर्ने डा. भट्‍टराईको कथन थियो ।


आफ्‍नो पार्टीको नेतृत्वको सरकार रहेको बला केही राम्रा कामहरु गरेको तर्फ संकेत गर्दै उनले ती राम्रा कामहरु यो सरकारलाई नपचेको बताउदै यो सरकारले जनताको आँखामा छारो हालेर सत्तामात्र टिकाउन खोजेको टिप्पणी गरे । कार्यक्रममा मुकुन्दपुर क्षेत्रका विभिन्न पार्टीका ११ जना कार्यकर्ता पार्टी परित्याग गरी एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । आफ्‍नो पार्टीमा प्रवेश गरेका उनीहरुलाई माओवादीका उपाध्यक्ष डा. भट्‍टराईले फुलमाला लगाएर स्वागत गरे।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by