ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, September 27, 2009

प्रधानमन्त्री स्वदेश फर्कँदै

काठमाडौं, असोज ११ (नागरिक)- प्रधानमन्त्री माधवकुमार नेपाल संयुक्त राष्ट्रसंघको ६४ औँ महासभालाई सम्बोधन गरी भोलि स्वदेश फर्कँदै छन्। परराष्ट्रमन्त्री सुजाता कोइरालासहित भ्रमण टोलीमा संलग्न अन्य भने पछि फर्कने कार्यक्रम छ। प्रधानमन्त्री आइतबार नेपाली समय अनुसार ९ बजेर ३५ मिनेट जाँदा अमेरिकाको न्युयोर्कबाट कतारको दोहाका लागि प्रस्थान गरेका छन्।

जोन एफ केनेडी विमानस्थलमा उनलाई राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि मधुरमण आचार्यलगायतले विदाइ गरेका थिए।

कतार एअरको क्युआर ०८४ नम्बरको जहाजबाट प्रधानमन्त्री नेपाल त्यहाँको समय अनुसार साँझ ७ बजे कतारको राजधानी दोहा पुग्नेछन् हुनेछ। प्रधानमन्त्री नेपाल दोहामा झन्डै ५ घन्टा ट्रान्जिटमा रहने छन्।

त्यहाँबाट राति एक बजे नेपालतर्फ प्रस्थान गर्नेछन्। नेपाली समय अनुसार भोलि बिहान साढे ८ बजे काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा उनी उत्रने छन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by