ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 30, 2009

बम राखिएको हल्लाले टेलिभिजनमा त्रास


काठमाडौं, १४ असोज (दैनिकी)
सरकारी स्वामित्वको नेपाल टेलिभिजनमा सुनसरीबाट एक अज्ञात व्यक्तिले फोन गरी बम राखिएको बताएपछि त्यहाँको समाचारकक्षमा आत‌ंक सिर्जना भएको छ । नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक मनोहरि थापाले दिएको जानकारीअनुसार ०२५५६०४३१ नम्बरबाट समाचार कक्षको टेबुलमुनि बम राखिएको खबर दिएपछि तत्कालै नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बमको खोजी गरेको थियो । गोपीकृष्ण ढकाल नाम गरेका व्यक्तिले फोन गरेको बताइएको छ ।

"हामीले फोन आएपछि नेपाल प्रहरी सशस्त्र प्रहरीको पशुपतिनाथ गण तथा नेपाली सेनालाई खबर गर्र्यौ' सुरक्षाकर्मीहरुले खोजी गर्दा बम भने फेला परेन" थापाले दैनिकीसँग भने ।
काठमाडौं प्रहरीका प्रमुख नवराज सिलवालले सञ्चारमाध्यमजस्तो संवेदनशील स्थानमा ब्लफ कल गरी त्रास सिर्जना गर्नेमाथि प्रहरीले कडा कारवाही गर्ने बताए ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by