ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 2, 2009

प्रिपेड मोबाइलमा मासिक १० करोड रिचार्ज

मनोज अधिकारी, पोखरा, असोज १६- नेपाल टेलिकमको प्रिपेड मोबाइलका लागि पोखरामा मात्रै मासिक १० करोड रुपैयाँ बराबरको रिचार्ज हुने गरेको छ। पोखरा कार्यालयबाट मासिक ८ देखि १० करोड रुपैयाँको रिचार्ज कार्ड बिक्री हुने गरेको टेलिकम पोखराले जनाएको छ। टेलिकमले पोखरा कार्यालयमार्फत गण्डकी र धवलागिका १० जिल्लामा गत माघदेखि रिचार्ज कार्ड बिक्री गर्न थालेको हो। टेलिकमकाअनुसार पोखरा राजधानीपछि सबैभन्दा बढी रिचार्ज कार्ड कारोबार हुने सहर समेत हो।

गण्डकी र धवलागि दुवै अञ्चलमा टेलिकमले कुल २ लाख ७२ हजारभन्दा बढी नमस्ते प्रिपेड वितरण गरेको छ। यस्तै स्काई प्रिपेडका ३८ हजार ४ सय र सिडिएमए फोनका ११ हजार लाईन वितरण गरेको छ। टेलिकमले दुवै अञ्चलमा रिचार्ज कार्ड बिक्री गर्न ५४ वटा आधिकाक बिक्रेता तोकेको छ। 

गत माघ १२ गतेदेखि रिचार्ज कार्डको बिक्री वितरण थालेको पोखरा कार्यालयले भदौ मसान्तसम्म ३६ लाख ३८ हजार ८८ थान कार्ड बिक्री भएको जनाएको छ। 'सोही अवधिमा ४ लाख ५४ हजार ६ सय २० थान सिडिएमए र स्काई फोनका रिचार्ज कार्ड बिक्री भएको छ' टेलिकम पोखराका वरिष्ठ सहायक सञ्जीव सुवेदीले भने।

उनले ७ महिनाको अवधिमा ग करिब एक अर्ब रुपैयाँको रिचार्ज कार्ड पोखरा कार्यालयबाट बिक्री भएको बताए। पोखरामा रिचार्ज कार्ड बिक्रीका लागि सुचिकृत ५४ मध्ये आधाजसो बिक्रेताले मात्र काम गरिरहेको सुवेदीले बताए। टेलिकमले निश्चित प्रक्रिया पूरा ग आउने बिक्रेतालाई रिचार्ज कार्ड बिक्रीका लागि उपलब्ध गराउने गर्छ।




तीमध्ये सबैभन्दा ठूलो कारोबार गर्ने ओम स्काई लिंक प्रालिले मात्र ८० प्रतिशत रिचार्ज बिक्री गर्ने गरेको छ। 'हामीले मासिक ८ करोड रुपैयाँ बराबरको रिचार्ज कार्ड बेच्दै आएका छौं' ओम स्काईका बजार व्यवस्थापक प्रकाश ज्ञवालीले भने।

उनले सबैभन्दा ठूलो माग रहेको ५० र एकसय दरका रिचार्ज कार्ड टेलिकमले नल्याउँदा यसको कारोबार अझै खुम्चिएको बताए। साना दरका रिचार्ज कार्ड नहुँदा उपभोक्ताले चाहे जस्तो सेवा दिन नसकिएको उनले बताए। 'प्रिपेडका उपभोक्ता जतिसानो कार्ड भयो त्यति धेरै प्रयोग गर्ने स्वभावका छन्' ज्ञवालीले भने, '५० र एकसय दरका रिचार्ज कार्ड हुने हो भने अहिलेको कारोबार बढेर १५ करोडसम्म पुग्ने देखेका छौं।'

टेलिकमले हाल २ सय, ५ सय र एक हजार दरका रिचार्ज कार्ड मात्र उपलब्ध गराउँदै आएको छ। असारमा साना दरका रिचार्ज कार्ड आउँदा आफुले मात्रै १२ करोड रुपैयाँको कारोबार गरेको ज्ञवालीले बताए।

भदौ १६ गते ५० र १ सय दरका रिजार्च कार्ड ल्याएको थापा पाएपछि राति साढे १० बजेसम्म आफ्नो कार्यालयमा खरिद गर्नेको भीड लागेको उनले बताए। उक्त दिन एक करोड ६० लाख रुपैयाँको रिचार्ज कार्ड सबै बिक्री भएको उनले सुनाए। टेलिकमका सुवेदीले पनि प्रिपेड चलाउने मध्यम वर्गका ग्राहक धेरै रहेकाले साना दरका कार्डको माग ठूलो रहेको बताए। उनले ५० र १ सय दरका कार्ड भएका बेला एकैदिन ३ करोड ५० लाख रुपैयाँसम्मको कारोबार भएको जानका दिए।

साना दरका रिचार्ज कार्ड खरिदमा उपभोक्ताले ठूलो दरको कार्ड सरह अतिरिक्त रकम तिर्नुपरेको गुनासो आएपछि टेलिकमले हाल त्यसलाई रोकेको छ। खुद्रा बिक्रेताले २ सय रुपैयाँको कार्ड बेच्दा लिने अतिरिक्त ५ रुपैयाँ नाफा साना दरका ५० र १ सयका कार्डमा पनि लिएपछि उपभोक्ता ठगिएको भन्दै टेलिकमले हाल उक्त दरका कार्ड बजारमा ल्याएको छैन।

बिक्रेताका अनुसार, साना दरका कार्ड प्रयोग गर्ने धेरैजसो विद्यार्थी, गृहिणी र कम आय भएका कर्मचा हुने गरेका छन्। यस्ता कार्ड नहुँदा उनीहरुले 'ट्रान्सफर' गराउने गरेका छन्। अहिले 'ट्रान्सफर' सेवा समेत बन्द रहेकाले त्यस्ता उपभोक्ता मारमा परेको उनीहरु बताउँछन्।

ओम स्काईका ज्ञवालीले दसैंका बेला लामो समय बजार, पसल र कार्यालय बन्द हुने भएकाले उपभोक्ताले ठूलो मात्रामा रिचार्ज कार्ड 'जगेडा' राखेको बताए। उपभोक्ताले 'जगेडा' राखेपछि घटस्थापनादेखि सप्तमीसम्म मात्रै २ करोडभन्दा बढीको रिचार्ज कार्ड बिक्री भएको उनले बताए।

सिम कार्डका बिक्रीका आधारमा सिडिएमए र स्काई फोनको तुलनामा नमस्ते प्रिपेडको रिचार्ज कार्ड बिक्री ठूलो रहेको छ। उपभोक्ताले टेलिकमको नेटवर्क पुग्ने सह क्षेत्रमा अधिकांशले नमस्ते र ग्रामिण क्षेत्रमा स्काई तथा सिडिएम सेवा लिएका छन्।  कास्कीका ग्रामिण क्षेत्रका साथै स्याङ्जा, पर्वत, लम्जुङ, बाग्लुङ, म्याग्दी लगायत जिल्लाका धेरैले स्काई फोन बढी प्रयोग गर्ने गरेको टेलिकमले जनाएको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by