ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 30, 2009

सशस्त्र समूहसँग कार्यगत एकता गर्दै छन मातृका


हेमशंकर सिंह/राजविराज, १४ असोज

एकीकृत माओवादीबाट बाहिरिएर नेकपा माओवादी खोलेका मातृका यादवले तराईका सशस्त्र समूहसँग कार्यगत एकता गर्न आफैले पहल गरिरहेको खुलासा गरेका छन।
मधेशका सशस्त्र समूहहरुसंग कार्यगत एकता गर्न जयकृष्ण गोइतसंग तीन पटक टेलिफोन सम्पर्क गरेको खुलासा गर्दै यादवले पृथ्वी समूह, पवन गिरीको समूह र रामविलास यादवको समूहसंग भेटघाट समेत गरेको बताए।
नेकपा माओवादी सप्तरीद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न राजविराज पुगेका यादवले बुधबार बिहान संचारकमीहरु कुरा गर्दै उनले मधेश मुद्दामा सम्वाद अगाडि बढाउन उनीहरुसंग आग्रह गरेको जानकारी दिए।
अध्यक्ष यादवले जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष ज्वाला सिंहको उत्थान अपराधिकरणबाटै भएको भन्दै उनीसंग आफू कुरा गर्ने पक्षमा नरहेको बताए। 
यादवले मधेशका सशस्त्र समूहहरुसंग मधेशमुक्तिका लागि कुनै योजना नभएको र उनीहरु मधेश लुट्ने योजनामा मात्र संलग्न रहेको आरोपसमेत लगाए। 
'केही नेता राजनीतिक पृष्ठभूमिका छन् तर अधिकांश कार्यकर्ताहरु अपराधिक प्रवृत्तिका छन्'– उनले भने।
आफ्नो पार्टीले मगाएको भनेर भारतको विहारको बेगुसरायमा दुई ट्रक हतियार पक्राउ परेको भन्ने समाचारको खण्डन गर्दै यादवले उक्त समाचार कुन स्रोतबाट आएको आफूलाई थाहा नभएको भन्दै समाचारको आधिकारिता पुष्टी गर्न चुनौती दिए।
यादवले मधेका मधेशी र पहाडका जनजातिलाई दमन गर्न सरकारले विशेष सुरक्षा योजना ल्याएको आरोप लगाए। 
मधेशमा नक्कली इन्काउन्टरको नाममा मान्छे मार्न सरकार उद्दत रहेको भन्दै नियम कानूनको पालनाको कुरा गर्ने सरकारले आफै कानून हातमा लिई मधेशमा नक्कली इन्काउन्टर गर्न लागेको आरोप लगाए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by