ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 1, 2009

हवाई एम्बुलेन्सका निम्ति बानेश्वरमा श्रीमद्भागवत् सप्ताह सुरु


काठमाडौ, असोज १५ -
नेपालमा पहिलोपटक परिकल्पना गरिएको खाद्य बैङ्क र हवाई एम्बुलेन्सको व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउन बिहीबारदेखि नयाँ बानेश्वरमा श्रीमद्भागवत् सप्ताह महायज्ञ सुरु भएको छ। गरिबी र भोकमरीका साथै मुलुकको जटिल भौगोलिक अवस्थाको कारण हवाई एम्बुलेन्सको आवश्यकता महसुस गरी युवा समूहले सो कार्यको परिकल्पना गरी अभियान आरम्भ गरेका हुन् ।

प्रधानमन्त्री माधवकुमार नेपालले महायज्ञको उद्घाटन गर्दै अभियानको सफलताका लागि शुभकामना दिए। प्रधानमन्त्री नेपालले आम जनताको लागि गर्न खोजिएको सो धार्मिक अभियानले थोपा थोपाले समुद्र बनेझैं ठूलो कार्य गर्नेछ भने।

वाचन प्रवीण कहिलिएका पण्डित दीनबन्धु पोखरेलबाट कथा वाचन हुने महायज्ञमा उठेको सबै रकम खाद्य बैङ्क र हवाई एम्बुलेन्सको सञ्चालनका लागि कोषमा राखिने आयोजकले जनाएका छन् ।

स्वास्थ्यका लागि खाद्यान्न नेपाल नामक ११८ युवा संलग्न संस्थाले बिहीबारबाटै नेपालमा हवाई एम्बुलेन्सको सुरुआत गरेको जनाएका छन्। अर्को व्यवस्था नहुन्जेलसम्मका लागि फिस्टेल एयर प्रालिसँग सो संस्थाको प्राकृतिक प्रकोप राहत कोषअन्तर्गत प्राकृतिक प्रकोप, कठिन प्रसूति र एपेन्डिसाइटिसजस्ता जटिल समस्या भएका व्यक्तिको उद्धारका लागि सम्झौता पनि गरेको बताइएको छ।प्रधानमन्त्री नेपालले धर्मको नाममा रुढीबादी परम्परालाई त्यागेर कसैलाई गर्ने सहयोगलाई नै धर्म मान्ने परम्परा बन्दै गएको बताए। "अरुको उपकार नै पुण्य र अरुलाई दुःख दिनु पाप हो भन्ने धारणा धार्मिक अनुष्ठानले स्थापना गरिरहेको छ," प्रधानमन्त्री नेपालले भने, - "धर्मलाई सामाजिक रुपान्तरण र सामाजिक सुधारको रुपमा लिनुपर्छ।" 

वर्तमान सरकारद्वारा धार्मिक सहिद घोषणा गरिएका पण्डित स्वर्गीय नारायण पोखरेलको योगदानको सम्झना र कदर गर्दै प्रधानमन्त्री नेपालले उनका छोरा दीनबन्धु पोखरेलले पनि नेपाली समाजमा बाबुको परम्परा धान्दै हालसम्म चार अर्ब रुपैयाँ रकम संकलन गरी पुनित कार्यमा लगाएकोमा दीनवन्धुको प्रशंसा गरे।

प्रधानमन्त्री नेपालले सरकारले रुकुमका कमला चन्दको जस्तै धेरैको ज्यान जोगियोस् भन्ने हेतुले हेलिएम्बुलेन्सको व्यवस्थापनका लागि विदेशी दातृ राष्ट्रसाग कुरा अघि सारेको र पूर्व, पश्चिम र मध्य गरी तीन स्थानमा हेलिएम्बुलेन्सको व्यवस्था गर्न लागेको पनि जानकारी दिए।

आयोजक समितिका संयोजक भूपति खड्काको सभापतित्वमा सम्पन्न सो महायज्ञको उद्घाटन कार्यक्रममा स्वास्थ्यका लागि खाद्यान्न नेपालका अध्यक्ष पार्वती केसीले सबैको सहयोगले थालिएको सो अभियान एक वर्षभित्रमा सम्पन्न गरिने र यसका लागि पण्डित पोखरेलको पूर्ण सहयोग रहने बताइन्। रासस

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by