ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 3, 2009

एक/दुई दिनमै गतिरोध अन्य हुन्छः नेताहरु

काठमाडौं, १७ असोज(दैनिकी)
शीर्षस्थ नेताहरुले एक/दुई दिनभित्रै राजनीतिक गतिरोध अन्त्य हुने बताएका छन । नेपाली कांग्रेसद्वारा आयोजित चियापानमा सहभागी भएका नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड" र प्रधानमन्त्री माधवकुमार नेपालले सो धारणा राखेका हुन । आयोजकका तर्फबाट कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले भने सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन ।
"अब राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा गिरिजाबाबुले जोड दिनु भएको छ । एक/दुई दिन भित्रै उच्चस्तरिय बैठक बसेर सहमति कायम हुन्छ"- माओवादी अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरुसँग भने । उनले सहमतिको आधार तयार हुनेमा विश्वास व्यक्त गरे ।  यस्तै एमाले अध्यक्ष खनालले पनि गतिरोध अन्त्यको स्पष्ट संकेत देखिएको बताए ।

"आइसब्रेक त यसअघि नै भइसकेको थियो । अब गतिरोध अन्त्य गर्न भोलिनै केही संकेत प्राप्त हुनेछ"- प्रधानमन्त्री एवम् एमाले नेता माधवकुमार नेपालले भने । का‌ग्रेसले आज शनिबार चियापानको आयोजना गरेको छ भने एमालेले भोलि चियापानको आयोजना गर्दै छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by