ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, January 19, 2010

को-को थिए माघ १९ का डिजाइनर ?



'शरदचन्द्र शाहले एमाले र कांग्रेस, रमेशनाथ पाण्डेले अन्तर्राष्ट्रिय समुदाय र पशुपतिभक्त महर्जनले समग्र राजनीति र प्रशासन सम्हाल्ने जिम्मा लिएर माघ १९ को डिजाइन गरेका थिए'

भुवन शर्मा/नयाँ पत्रिका
काठमाडौं, ३ माघ
तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९ को कदम चाल्नुअघि यसको जानकारी अरू तीनजनालाई मात्र थियो । मौका यही हो, ठोक्नुपर्छ भनेर सल्लाह दिने तीन हस्ती थिए- शरदचन्द्र शाह, रमेशनाथ पाण्डे र पशुपतिभक्त महर्जन । तर, स्रोतका अनुसार अहिले यी तीनैजनासँग पूर्वराजाको सम्बन्ध बिगि्रएको छ 

Sunday, January 17, 2010

आजको कार्टून !


वाईसीएल खतरा: सेना

सरोजराज अधिकारी/काठमाडौ, २०६६ माघ ३ -

नेपाली सेनाले माओवादीले सैनिक चरित्र नत्यागेको र शान्ति प्रक्रियाका लागि शिविरका लडाकुभन्दा वाईसीएल खतरा भएको ठहर गरेको छ । स्रोतअनुसार माओवादी नेतृत्वका पछिल्ला अभिव्यक्ति र गतिविधिको सूचना संकलन र विश्लेषणपछि हालै प्रधानसेनापति छत्रमानसिंह गुरुङसहितका केही वरिष्ठ सैन्य अधिकारीहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो । 'जनविद्रोहमार्फत सत्ता कब्जा गर्नु नै अन्तिम उद्देश्य भएको भनी हालै माओवादी अध्यक्षबाट व्यक्त धारणा र स्थानीय तहमा भइरहेका गतिविधि मिल्दोजुल्दो छ । यो शान्ति प्रक्रियाका लागि खतरनाक हुनसक्छ,' बैठकमा सहभागी एक उपरथीले  भने। जंगी अड्डाले माओवादी अध्यक्ष पुष्पकमल दाहालबाट हालै व्यक्त धारणा र वाईसीएललाई अर्धसैन्य दस्तामा परिणत गर्ने गरी भएको केही स्थानको गतिविधिबारे सूचना संकलन र विश्लेषणपछि यस्तो निष्कर्ष निकालेको उनले बताए | वाईसीएलले उदयपुरलगायत केही जिल्लामा वडास्तरमै प्लाटुन (४५ जना बराबर) सदस्यलाई संगठित गरी अर्धसैन्य दस्तामा रूपान्तरण गरेकोप्रति सेनाको विशेष चासो छ । सैनिक गुप्तचर निर्देशनालय (डीएमआई) ले स्थानीय इकाई परिचालन गरी सूचना संकलन गरेको थियो ।

भारतले मालिक बनेर नेपाललाई नोकरको व्यवहार गर्‍यो : महरा

काठमाडौँ, माघ ३ (नागरिक)-

एनेकपा माओवादीका विदेश विभाग प्रमुख कृष्णबहादुर महराले भारतले नेपालको सबै क्षेत्रमा हस्तक्षेप गरिरहेको बताएका छन्। उनले भारतले आफू मालिक र नेपाल नोकर भएको जस्तो व्यवहार प्रदर्शन गरिरहेको आरोप पनि लगाए। र, भने- त्यो रोकिनुपर्ने हाम्रो पार्टीको धारणा छ।  उनले नेपाल–भारत सम्बन्ध बदलिँदो परिस्थितिअनुरूप परिवर्तन गर्नुपर्नेमा पनि जोड दिए। जनसञ्चार अभियान नामक संस्थाले आइतबार राजधानीमा आयोजना गरेको 'सन् १९५० को शान्ति तथा मैत्री सन्धि : पुनरावलोकन वा खारेजी ?' विषयक छलफल कार्यक्रममा महराले भारत र नेपालबीचको सम्बन्ध औपनिवेशिक किसिमको हुन नहुने बताएका थिए। यस्तो अवस्थाका लागि भारत फराकिलो सोचका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिँदै राष्ट्रपतिको असंवैधानिक कदमपछि आफ्नो दललाई भारतप्रति शङ्का बढेको उल्लेख गरे। माओवादीले कूटनीतिक एवम् राजनीतिक तहमा दुई देशबीच विद्यमान समस्या समाधान गर्नेबारे भारतीय विदेश मन्त्रीसँग छलफल गरेको दाबी पनि उनको थियो।

बंगलादेश-भारत सम्झौता/नेपालमा मिश्रति प्रभाव पार्ने


गोकर्ण अवस्थी/काठमाडौ, २०६६ माघ ३ -
बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाको भारत भ्रमणमा भएको उपलब्धिबाट नेपालको अन्तर्राष्ट्रिय व्यापारमा मिश्रति प्रभाव पर्ने भएको छ । दुई देशबीच विशेषगरी व्यापार र पारवहनका क्षेत्रमा भएको सम्झौताले नेपालमा असर पर्ने देखिएको हो । बंगलादेशका उत्पादनलाई सहज बजार पहुँचका लागि भारतले देखाएको उदारता र फूलबारी नाकामा नेपाली ट्रकहरूले लोडअनलोड गर्न सकिने सुविधाले नेपालको अन्तर्राष्ट्रिय व्यापार नकारात्मक र सकारात्मक दुवैखाले प्रभाव पर्ने देखिएको हो । 'यी प्रावधानले केही नतिजा त आउने नै छ,' वाणिज्य सचिव पुरुषोत्तम ओझाले भने, 'तर के देखिन्छ त्यो त पछि नै थाहा होला ।' फूलबारी नाकाबाट २ सय मिटर परसम्म नेपाली सामान भएको ट्रक जान पाउने भएपछि नेपाली उत्पादनले बंगलादेशमा सहज पहुँच पाउने सम्भावना छ । यसअघि दुई ट्रकलाई जोडेर एकबाट अर्कोमा सामान सार्नुपर्ने बाध्यता हुँदा व्यापार झन्झटिलो हुने गरेको व्यवसायीहरूको गुनासो छ । '२०० मिटरमा बंगलादेशको सुख्खा बन्दरगाह छ, सजिलो हुन्छ,' ओझाले भने ।

नेपालकै ठूलो डेरी चितवनमा


चितवन मिल्क लिमिटेडसाग दैनिक १ लाख ५० हजार लिटर दूधबाट १५ मेटि्रकटन धुलो दूध उत्पादन गर्ने प्लान्ट छ
विष्णु पौडेल/नयाँ पत्रिका
चितवन, २ माघ

चितवनको भरतपुर नगरपालिका-१ स्थित ठिमुरामा स्थापना भएको नेपालको सबैभन्दा ठूलो डेरी उद्योग चितवन मिल्क लिमिटेडले माघको दोस्रो सातादेखि पाउडर दूधको उत्पादन थाल्ने भएको छ । निर्माण, केबुलकार, जलविद्युत्लगायतका क्षेत्रमा सफलता पाइसकेको चितवन कोई समूहद्वारा प्रवर्द्धित लिमिटेडले निर्माणकार्य पूरा गरी उत्पादन सुरु गर्न लागेको हो । ३ वर्षदेखि निर्माण सुरु भएको उद्योगले माघ दोस्रो सातादेखि अत्याधुनिक स्वचालित प्रविधिबाट घुलो दूध उत्पादन गर्ने भएको हो ।

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by