ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, January 17, 2010

भारतले मालिक बनेर नेपाललाई नोकरको व्यवहार गर्‍यो : महरा

काठमाडौँ, माघ ३ (नागरिक)-

एनेकपा माओवादीका विदेश विभाग प्रमुख कृष्णबहादुर महराले भारतले नेपालको सबै क्षेत्रमा हस्तक्षेप गरिरहेको बताएका छन्। उनले भारतले आफू मालिक र नेपाल नोकर भएको जस्तो व्यवहार प्रदर्शन गरिरहेको आरोप पनि लगाए। र, भने- त्यो रोकिनुपर्ने हाम्रो पार्टीको धारणा छ।  उनले नेपाल–भारत सम्बन्ध बदलिँदो परिस्थितिअनुरूप परिवर्तन गर्नुपर्नेमा पनि जोड दिए। जनसञ्चार अभियान नामक संस्थाले आइतबार राजधानीमा आयोजना गरेको 'सन् १९५० को शान्ति तथा मैत्री सन्धि : पुनरावलोकन वा खारेजी ?' विषयक छलफल कार्यक्रममा महराले भारत र नेपालबीचको सम्बन्ध औपनिवेशिक किसिमको हुन नहुने बताएका थिए। यस्तो अवस्थाका लागि भारत फराकिलो सोचका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिँदै राष्ट्रपतिको असंवैधानिक कदमपछि आफ्नो दललाई भारतप्रति शङ्का बढेको उल्लेख गरे। माओवादीले कूटनीतिक एवम् राजनीतिक तहमा दुई देशबीच विद्यमान समस्या समाधान गर्नेबारे भारतीय विदेश मन्त्रीसँग छलफल गरेको दाबी पनि उनको थियो।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by