ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 1, 2009

अध्यक्ष दाहालद्वारा खनाल र भारतीय राजदूतसँग छलफल

काठमाडौं, असोज १५ (नागरिक) - एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बिहान नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र भारतीय राजदूत राकेश सुदसँग छुट्टाछुट्टै छलफल गरेका छन्। माओवादीले जारी राखेको संसद अवरुद्ध सहितका विषयमा माओवादी र एमाले नेताहरु सिंहदरबारमा छलफलमा व्यस्त रहेका बेला दाहालले खनाल र सुदसँग छलफल गरेका हुन्।
अध्यक्ष खनालले भेटपछि प्रतिक्रिया दिदै माओवादी गतिरोध हटाउने विषयमा लचिलो भएकोव महसुस आफूले गरेको बताए। उनले कांग्रेस सभापतिसँग पनि छलफल गरेर राजनीतिक गतिरोधलाई हटाउन सकिने प्रतिक्रिया दिए। 

बुधबारमा राष्ट्रपति रामवरण यादवलाई दाहालले भेटेका थिए। भारतीय राजदूतसँग दाहालले गरेको छलफलका विषयमा भने नेताहरुले कुनै प्रतिक्रिया दिएका छैनन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by