स्वदेश फर्काउने तयारी
काठमाडौं, १५ असोज (दैनिकी)
अष्ट्रेलियाको गिप्सल्यान्डमा अवैध रुपमा काम गरिरहेका नेपालीसहितका १९ जना अवैध कामदारहरुलाई त्यहाँको अध्यागमन विभागले पक्राउ गरेको छ। पक्राउ परेकाहरुमध्ये ८ जना मलेसियालीहरुलाई तत्कालै फर्काइएको छ भने नेपाली र इन्डोनेसियालीहरुलाई स्वदेश फर्काउने प्रकृया सुरु भएको अध्यागमन विभागका प्रवक्ताले जनाएका छन।
पक्राउ पर्नेहरुमध्ये चार नेपाली, दुई मलेसियाली र चार इन्डोनेशिलीको भिषा रद्द गर्ने प्रकृया सुरु गरिएको जनाइएको छ ।
गिप्सल्यान्डको साले क्षेत्रमा उनीहरु अवैध रुपमा काम गरिरहेका थिए।पक्राउ पर्नेहरुमध्ये चार नेपाली, दुई मलेसियाली र चार इन्डोनेशिलीको भिषा रद्द गर्ने प्रकृया सुरु गरिएको जनाइएको छ ।
गत अगष्ट महिनामा पनि अष्ट्रेलियाली अध्यागमन विभागले मलेसिया, चीन र भियतनामका २३ जना अवैध कामदारहरुलाई स्वदेश फर्काएको थियो।
विभागका प्रवक्ता सियनाल म्यान्टोनले विना स्वीकृति काममा लगाउने रोजगारदातालाई पनि कारवाही हुने बताएका छन। अष्ट्रेलियाको आप्रवासन कानुनअनुसार विना स्वीकृति काममा लगाउनेलाई १३ हजार २०० डलरसम्मको जरिवाना र दुई वर्ष सम्मको कैद हुने व्यवस्था छ।
No comments:
Post a Comment