ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, November 10, 2009

गोर्खाल्याण्डको समर्थन र विरोधमा आन्दोलन तिव्र


वंगाल सरकार दार्जीलिङ्ग पहाडलाई खतरामा पार्ने योजनामा

सञ्जीव चापागाई ,झापा २४ कार्तिक

भारतको पश्चिम बंगाल स्थीत दार्जीलिङ्ग पहाडमा अलग राज्य गोर्खालेण्डको माग गर्दै नेपालीभाषी हरु द्वारा शुरु गरीएको 'स्टेट गोर्खालेण्ड'को बिरोधमा बंगाली समुदाय आन्दोलनमा उत्रीएको छ। प्रस्ताबित गोर्खालेण्ड क्षेत्रमा 'स्टेट गोर्खालेण्ड' लेख्ने अभियान सुरु भएपछि सो को बिरोधमा 'वंगला अनि वंगलाभाषी समिती' आन्दोलनमा उत्रीएको हो। समितीले सो क्षेत्रमा स्टेट गोर्खालेण्ड लेख्ने काम तत्काल नरोके दार्जीलिङ्ग पहाडमा खाद्यान्य सहित अत्यावस्यका वस्तुको निर्यातमा रोका लगाउने चेतावनि सहित आन्दोलन सुरु गरेको हो।

त्यसको दवाव स्वरुप समितिले पश्चिम बंगाल राज्य टुक्र्याउन नहुने भन्दै बिभिन्न स्थानमा बिरोध सभा गर्ने क्रमलाई तिव्र पारीएको आन्दोलनरत 'वंगला अनि वंगलाभासा समिती' का सभापती डा.मुकुल मजुमदारले जानकारी दिनुभयो। उहाँले 'स्टेट गोर्खालेण्ड' लेख्ने अभियान राज्य टुक्र्याउन षड्यन्त्रबाट प्रेरीत भएको भन्दै गोर्खा जनमुक्ति मोर्चाका शिर्ष नेताहरुलाइ पक्राउ गर्न राज्य सरकार संग माग समेत गर्नुभयो।

उता दार्जीलीङ्ग पहाड लगायत प्रस्तवित गोर्खालेण्ड क्षेत्रमा अलग राज्यको आन्दोलनलाई तिव्रपार्दै लगेको गोर्खा जनमुक्ति मोर्चाले आफुहरुको माग जायज भएको दाबि गर्दै आफुहरुको आन्दोलन उत्कर्षमा पुगेकोले कसैले दवाउन नसक्ने जनाएको छ। मोर्चाले 'वंगला अनि वंगलाभासा समितीले' शुरु गरेको अलग राज्य बिरुद्धको आन्दोलनले आफुहरुलाई कुनै फरक नपार्ने जनाएको छ। यसैबिच गोर्खालेण्ड आन्दोलनको बिरोध सुरुभए संगै सैनिक मोर्चाले भने पहाडलाई खतरामा पार्ने योजनामा वंगाल सरकार रहेको खुलासा भएको छ। गोर्खा जनमुक्ति मोर्चाको भातृ संगठन भारतिय गोर्खा भुतपुर्प सैनिक मोर्चाका एन के गुरुङ्गले सो खुलासा गर्नुभएको हो।
 
चौथो त्रिपक्षीय वार्ताको तयारी भईरहेको वेला पश्चिम वंगालमा गोर्खालेण्डको समर्थन र बिरोधमा आन्दोलन शुरु भएपछि त्यसले हिंसात्मक रुपलिन सक्ने सम्भावन बढेको छ। चौथो त्रिपक्षिय वार्ता २१ डिसेम्बरमा दार्जीलिङ्गमा हुने तय भईसकेको छ। यस अघि अलग राज्यको माग सहित आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चा ,राज्य सरकार र केन्द्र सरकार बिच तिनपटक सम्म भईसकेको बार्ता बिना निस्कर्ष टुङि्गदै आएको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by