ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, November 9, 2009

यो देश माओवादीको मात्र होइनः गच्छदार



नयाँ पत्रिका /भोला पासवानौं
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले २२ दलको संयुक्त सरकार ढालेर नयाँ सरकार बनाउने दिवास्वप्न नदेख्न मओवादीलाई चेतावनी दिएका छन् । मधेसी दलित अधिकार संघर्ष समिति, काठमाडौंद्वारा आइतबार आयोजित सामूहिक पार्टी प्रवेश कार्यक्रममा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री गच्छदारले भने, 'अल्पमत रहेको माओवादी महिनौँदेखि संसद् अवरुद्ध पारेर अलोकतान्त्रिक प्रक्रियाबाट सरकार बनाउने सपना देख्दै छ । त्यो कदापि पूरा हुँदैन ।'
जनताले संविधान लेख्न चुनेर पठाएकाहरूले नै नागरिक सर्वोच्चताका नाममा संसद्लाई बन्धक बनाएको आरोप उनले लगाए । नेता गच्छदारले प्रश्न गरे, 'पियनले समेत तलब खान नपाउने यो कस्तो नागरिक सर्वाच्चता हो ?' अध्यादेशबाट भए पनि २२ दलले बजेट पास गरेरै छाड्ने उनले चेतावनी दिए ।

'यो देश माओवादीको मात्रै होइन, सबै नेपालीको हो,' उपप्रधानमन्त्री गच्छदारले भने, 'तीन ठूला दलले संविधान बनाउने कार्यमा सहकार्य नगरे ठूलो दुर्घटना निम्तन्छ ।'  माओवादी सरकारमा जान छटपटाएको भन्दै नेता गच्छदारले संविधान बनाई चुनावमा गएर बहुमतबाट सरकार बनाउन माओवादीलाई चुनौतीसमेत दिए ।  राज्य पुनर्संरचना गर्दा उत्तर-दक्षिण सीमा कोरिए आपनो पार्टीलाई मान्य नहुने गच्छदारको भनाइ छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by