ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, November 11, 2009

दलाई लामासँग पारस शाहको सम्बन्ध/चीन बिरोधी कार्य गरेको आरोप


पारस तिन वटा हेलिकप्टरबाट सहयोगिहरुसहित जोमसोम पुगेका थिए

काठमाडौं (दैनिकी)
चीन विरोधी नयाँ रणनीति निर्माण गर्ने योजनामा रहेका दलाई लामाका दूतसँग पूर्व युबराज पारस शाहको संकास्पद सम्बन्ध रहेको खुलासा भएको छ। हिजो दलाई लामाका विशेष दूतसँग जोमसोम गएर त्यहाँ झण्डै डेड घण्टासम्म शाहले गोप्य छलफल गर्नुभएको छ। जोमसोमको माउन्ट रिसोर्टमा डेढ घण्टा गोप्य बैठक गरेका पारस साह र दलाई लामाका प्रतिनिधिबीच भेटघाट भइरहँदा रिसोर्टमा सेना र प्रहरीलाई पनि प्रवेश दिइएको थिएन। दलाइ लामाका लडाकू दस्ताले रिसोर्ट वरपर घेरा हालेर सुरक्षा दिएको थियो भने प्रहरी र सेनालाई पनि प्रवेश नदिइएको जनाइएको छ।

पारस फिस्टेल एयरबाट जोमसोम पुगेका थिए । पारस तिन वटा हेलिकप्टरबाट सहयोगिहरुसहित जोमसोम पुगेका थिए । फिस्टेल एयरको तीनवटा हेलीकोप्टरमध्ये पूर्व युवराज ९ एन एआईडब्लुमा थिए भने ग्यास्टोसहित अन्य भने दुईवटा हेलीकाप्टरमा रहेको बताइएको छ ।साँझ आठबजे फिस्टेल एयरका ९ एन एआईके ९ एन एआईडब्लु र ९ एन एआइआइ गरि तिनवटा हेलीकोप्टरमा दलबलसहित मुस्ताङ पुगेको हो ।
ग्यात्सोसंग मुस्ताङ् पुगेका १७ जनाको टोलीमध्ये ८ जना तिव्वती अनुहारका भएको र अन्य केही पूर्व युवराज पारसका साथीहरु रहेको जनाईएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by