ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 14, 2009

एयर एम्बुलेन्स/ आकाशमा सघन उपचार इकाई


काठमाडौ/अतुल मिश्र

एयर एम्वुलेन्सवाट न्युनतम समयमा विशेषज्ञ चिकित्सकको निगरानीमा उच्च चिकित्सा सुविधा सहित विशेषज्ञ अस्पतालमा पुर्‍याउन सकिन्छ । एम्वुलेन्समा सवै आवश्यक मेडिकल उपकरण युक्त मिनी थियेटर समेत हुन्छ । विशेषज्ञ, नर्स र सहायकको टोली रोगीको स्याहारको लागि हुन्छ । 
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला शनिवार विहान हवाई एम्वुलेन्सवाट सिंगापुरको लागि उडेका छन । उक्त हवाई एम्वुलेन्स भने सिंगापुरबाटै कोईरालालाई लिन काठमाडौं आएको थियो । मुलुकमा भने यस्तो एम्वुलेन्सको कुनै सुविधा छैन । पहाडी लगायतका दुर्गम क्षेत्र र दैवी प्रकोप, दुर्घटना लगायतका लागि न्युनतम रुपमा हेलिकप्टरमा संञ्चालित एयर एम्वुलेन्सको आवश्यकता चिकित्साकर्मीहरुले देखाउदै आएका छन । हाल मुलुकमा चिकित्सकिय आवश्यकता परेको समय सामान्य हेलिकप्टरलाई नै चार्टर गरेर एम्वुलेन्सको रुपमा प्रयोग गर्ने गरिएको छ । 
आपतकालिन स्थितिमा रोगीलाई हवाई मार्गको माध्यमले चिकित्सा सुविधा भएको ठाउमा पुर्‍याउने काम हवाई एम्वुलेन्सको हो । जीवन रक्षक यन्त्र, औषधि, चिकित्सक सहितको यस्तो एम्वुलेन्स सानो दुरीको लागि हेलिकप्टर वा ठूलो दुरीको लागि सानो प्लेन वा जेट प्लेनको रुपमा हुन्छ । कोईरालालाई जेट प्लेन एम्वुलेन्सले लिएर गएको हो । 

एयर एम्वुलेन्सवाट न्युनतम समयमा विशेषज्ञ चिकित्सकको निगरानीमा उच्च चिकित्सा सुविधा सहित विशेषज्ञ अस्पतालमा पुर्‍याउन सकिन्छ । एम्वुलेन्समा सवै आवश्यक मेडिकल उपकरण युक्त मिनी थियेटर समेत हुन्छ । विशेषज्ञ, नर्स र सहायकको टोली रोगीको स्याहारको लागि हुन्छ । 

कोईरालालाई लिन आएको एयर एम्वुलेन्समा श्वास प्रश्वास सम्वन्धि सम्पुर्ण उपकरण थिए । जस्तै अक्सिजन, फेसियल मास्क, नेजेल क्यानुला, ट्राकिनोटोमी मास्क, ईसोफेगल अव्टयुरेटर्स, रेस्पिरेटर्स, एम्वु व्याग आदि । यस्ता उपकरण भने अन्य एयर एम्वुलेन्समा समेत हुन्छ । एम्वुलेन्समा तमाम जीवन रक्षक उपकरण र ओषधिहरु रहने गरेको छ । यसलाई वोलचालमा आइसियु अन एयर पनि भनिन्छ । 

यस्तै मुटुको लागि हर्ट मोनिटर र डिफाईवि्रलेटर लगायतका उपकरण हुन्छन । यस्तै सक्सन, ईमर्जेन्सी ड्रग किट, आभी सल्युसन र ईनफ्युजन सेट, इन्फ्युजन पम्प लगायत का उपकरण रहने गरेको छ । यस्तै विरामीको प्रकृति अनुसार एयर एम्वुलेन्समा थप उपकरण र विशेषज्ञहरु समेत राखिने गरिएको छ । 

छिमेकी मुलुक भारतमा आन्तरिक सेवाका लागि समेत एयर एम्वुलेन्सको सुविधा उपलब्ध छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by