ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, November 10, 2009

भारतीय नागरिक हतियारसहित पक्राउ

नयाँ पत्रिका/काठमाडौं

दुईजना भारतीय नागरिक ४२ राउन्ड गोली र पेस्तोलसहित पक्राउ परेका छन् । प्रहरीले काठमाडौं र ललितपुरबाट नलकटुवा र इटालियन पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको हो । भारत घर बताउने २३ वर्षीय कृष्ण जानत र २० वर्षीय रोशन कुँवरलाई आइतबार राति पुरानो बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रहरी गस्तीटोलीले उनीहरूलाई राति १२ बजे पुरानो बसपार्कपछाडि शंकास्पद अवस्थामा फेलापारेको थियो । दुवैलाई नियन्त्रणमा लिएर तलासी लिँदा नलकटुवा पेस्तोल १ थान, त्यसको गोली ४२ राउन्ड, धारिलो हतियार चक्कु १ थान र ह्याक्सो ब्लेड २ थान बरामद भएको थियो । प्रहरीले दुवैजना लुटेरा भएको आशंका गरेको छ ।उता, ललितपुर उपमहानगरपालिका-९ च्यासलबाट प्रहरीले इटालियन पेस्तोल र एक राउन्ड गोली बरामद गरेको छ । आइतबार बेलुका प्रहरी च्यासलको फुटबल ग्राउन्डमा पुग्दा त्यहाँ बसेका ६/७ जना एक्कासि भागेपछि पिछा गरेको, तर उनीहरू भाग्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरू बसेको स्थानमा खोजतलास गर्दा एक थान इटालियन पेस्तोल र त्यसको गोली एक राउन्ड फेलापारेको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by