ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, November 11, 2009

राज्यमन्त्री वेगमबिरुद्ध सार्वजनिक अपराधमा मुद्दा दर्ता/कुटिएका प्रजिअ बाहिर निस्केनन्

कांतिपुर/शंकर आचार्य

घटनाबारे संचारकर्मीलाई प्रतिक्रिया दिंदा पनि उनी निक्कै तनाव र आक्रोशमा देखिएकी थिईन् । कम समयमा राजनीतिक सफलता हात पार्न सफल उनी मधेश आन्दोलनपछि चर्चामा आएकी हुन् । 

कुट्ने र कुटिनेः- बाँया राज्यमन्त्री करिमा वेगम र दाँया पर्साका प्रजिअ दुर्गा भण्डारी । तस्वीर- शंकर आचार्य
घटनाबारे संचारकर्मीलाई प्रतिक्रिया दिंदा पनि उनी निक्कै तनाव र आक्रोशमा देखिएकी थिईन् । कम समयमा राजनीतिक सफलता हात पार्न सफल उनी मधेश आन्दोलनपछि चर्चामा आएकी हुन् । 

पर्सा - प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई मंगलबार हातपात गर्ने कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगम बिरुद्ध प्रहरीले सार्वजनिक अपराधमा मुद्दा दर्ता गरेको छ । प्रहरी निरीक्षक भुवनेश्वरप्रसाद साहले प्रजिअ उपर हातपात गरेको अभियोगमा मुद्दा दर्ता गरिएको बताए । 

राज्यमन्त्री बेगम भने साँझ ४ बजेर २० मिनेटको उडानमा सीमराबाट राजधानी फर्कीसकेकी छन् । सामान्यतय गृह जिल्ला आउँदा बिभिन्न कार्यक्रममा अतिव्यस्त रहने राज्यमन्त्री बेगम मंगलबारको घटना पछि एक कार्यक्रममा मात्र सहभागी भइन् । 

घटनाबारे संचारकर्मीलाई प्रतिक्रिया दिंदा पनि उनी निक्कै तनाव र आक्रोशमा देखिएकी थिईन् । कम समयमा राजनीतिक सफलता हात पार्न सफल उनी मधेश आन्दोलनपछि चर्चामा आएकी हुन् । जुन सुकै र जस्तो सुकै पनि बिरोध प्रदर्शनका कार्यक्रममा अग्रपंक्तिमा रहने उनी महिला फोरमको केन्द्रीय उपाध्यक्षसमेत थिइन् । 

पर्सामा बारी महिला संस्था गठन गरेर सामाजिक गतिबिधिमा पनि हात हालेकी उनलाई संस्थाकै केही सदस्यहरुले गत बर्ष उनले संस्थाको रकम हिनामिना गरेको तथा आफूहरुसंग बिभिन्न प्रलोभन दिई लिएको रकम फिर्ता नगरेको आरोप लगाउदै पत्रकार सम्मेलन गरेका थिए । उक्त संस्थाको औपचारिक कार्यक्रमहरुमा वीरगंजस्थित भारतीय महावाणिज्य दुतावासका कर्मचारीहरु पनि नियमित रुपमा अतिथि बन्ने गर्दथे । 

सुरुमा मधेशी जनअधिकार फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादबको विश्वास पात्रको रुपमा देखा परेकी उनी बिस्तारै यादब बिरोधी बन्दै गएकी थिईन् । गत बर्ष वीरगंजमा सम्पन्न फोरमको महाधिवेशनको समयमा आफूलाईर् मन्चमा बोल्न नदिईएको र अपमान गरिएको भन्दै उनले महाधिवेशन स्थलको मूल ढोकामा धर्ना दिएकी थिइन् । 

फोरम बिभाजित भए पछि उनी फोरम लोकतान्त्रिकतर्फ लागेकी हुन् । त्यस लगत्तै वीरगंजको सम्झना होटेलमा यादब पक्षीय फोरमको केन्द्रीय कार्य समितिको बैठक स्थल बाहिर दल बल सहित नाराबाजी गर्न पुगेकी थिइन् । बिजय गच्छेदारले नेतत्व गरेको फोरम लोकतान्त्रिकको तर्फबाट उनी कृषि तथा सहकारी राज्यमन्त्री बनेकी हुन् । 

मंगलबारको राज्यमन्त्री वेगमबाट दुव्र्यवहारको शिकार भएका प्रजिअ भण्डारीले बुधबार सिमित व्यक्तिहरुसंग मात्र भेटघाट गरेको उनी निकट स्रोतले बतायो । कार्यालयमा आएका केही कर्मचारी, थोरै भारतीय संचारकर्मीलाई मात्र भेटेका उनी दिनभर कार्यालय परीसरबाट बाहिर निस्केनन् । अविवाहित उनी एक्लै कार्यालयको क्वार्टरमा बस्दै आएका छन् । यस अघि सुनसरीको प्रमुख जिल्ला अधिकारी रहेका उनी त्यहाँ फोरमका कार्यकर्ताहरुको कडा बिरोध पछि सरुवा भई पर्सा आईपुगेका हुन् । 

प्रमुख जिल्ला अधिकारी भण्डारीलाई उनकै कार्यकक्षमा मंगलबार हातपात गरिएको बिरोधमा पर्साका सरकारी कार्यालय बुधबार पनि बन्द रहे । घटनाको बिरोधमा मंगलबार दिउसो करीब २ बजे देखी कर्मचारी संगठनहरुले सरकारी कार्यालयको कामकाज अनिश्चितकालिन बन्द आह्वान गरेका हुन् । संगठनका पदाधिकारीहरुले बुधबार साझ जिल्ला प्रशासन कार्यालयमा बैठक गरी बिरोध प्रदर्शनलाई बिहीबार देखी समस्याले निकास नपाए सम्मका लागि निरन्तरता दिने भएका छन् । 

मंगलबार वीरगंज आई पुगेकी कृषि तथा सहकारी राज्यमन्त्री बेगमले आफूलाई थोत्रो गाडी पठाएको भन्दै जिल्ला प्रशासन कार्यालय पुगी भण्डारीको गालामा चार थप्पड हिर्काएकी थिईन् । त्यसै बिषयलाइर्ृ लिएर नेपाल सरकारले मन्त्री बेगमलाई कारवाही नगरेर माफी नमागेसम्म पर्साको सम्पूर्ण सरकारी कार्यालयहरु बन्दको आह्वान कर्मचारी संगठनहरुले गरेका छन् ।

मधेशी निजामति कर्मचारी मञ्च पर्सा, निजामति कर्मचारी संगठन पर्सा, निजामति कर्मचारी युनियन पर्सा, स्थानीय निकाय कर्मचारी संघ पर्साले संयुक्त रुपमा जिल्लाका सरकारी कार्यालयहरु अनिश्चितकालिन बन्द आह्वान गरेका हुन् । 

सरकारी कार्यालय बन्दका कारण जिल्लाको ग्रामिण भेगबाट आएका सेवाग्राहीहरु मर्कामा परेका छन् । उनीहरु काम नभएपछि त्यसै र्फकन बाध्य भएका छन् । दैनिक सरदर सात देखी १० करोड रुपैया राजस्व संकलन गनर्ेे वीरगंज भंसार कार्यालयको कामकाज पनि मंगलबार साँझ देखि ठप्प छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by