ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 30, 2009

राष्ट्रपति शासन लगाउन खोजिरहेको आरोप

केशव सावद /कञ्चनपुर

सत्तारुढ नेकपा एमालेका सचिव युवराज ज्ञवालीले केही तत्वहरु अस्थिरता सृजना गराएर मुलुकमा राष्ट्रपति शासन लगाउन खोजिरहेको आरोप लगाउनुभएको छ।  दुई दिने कार्यकर्ता प्रशिक्षणका लागि कञ्चनपुर आइपुग्नुभएका सचिव ज्ञवालीले आज बिहान प्रेस चौतारी कञ्चनपुरले सदरमुकाम भीमनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुलुकमा यस्तो आशंका देखिएकाले एकीकृत नेकपा माओवादी गम्भिर हुनु पर्ने बताउनुभयो।


उहाँले विभिन्न दक्षिणपन्थी तत्वहरु राष्ट्रपतिय शासन चलाउनका लागि दुलाभित्रबाट बाहिरिन थालेका दाबी गर्नुभयो। एकीकृत माओवादीले गरिरहेको आन्दोलन बितण्डा मच्चाउने षडयन्त्र मात्र भएको भन्दै सचिव ज्ञवालीले हतियार र आन्दोलनबाट समाधान खोज्नु भ्रम भएको जिकिर गर्नुभयोे।
जनताले एकीकृत माओवादीलाई आन्दोलन गरेर मुलुकमा भाँड–भैलो गर्न नभई संबिधान निर्माण गर्नका लागि ठुलो दल बनाएको भन्दै उहाँले यसका लागी माओवादी लचिलो हुनुपर्ने बताउनुभयो।
एकीकृत माओवादीको यो प्रवृती उग्रबामपन्थ भएको ज्ञवालीले टिप्पणी गर्नुभयो। अहिलेको अबस्था आन्दोलन गर्ने बेला नभई संविधान निर्माण गर्ने समय भएको माओवादीलाई स्मरण गराँउदै सचिव ज्ञवालीले आन्दोलनले अन्तरबिरोध मात्रै चर्काउने बताउनुभयो।
एकीकृत माओवादी संग बर्तमान सरकारमा सहभागी हुनु वा प्रतिपक्षमा बसेर संविधान निर्माण प्रक्रिया अगाडि बढाउनुको विकल्प नभएको एमाले सचिव ज्ञवाली भनाई छ। सबै राजनैतिक दलहरुले समयमै बुद्धि नपुगाए मुलुक भयानक दुर्घटनाको शिकार हुने उहाँले ठोकुवा गर्नुभयो।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by