ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 26, 2009

मधेसमा पनि आन्दोलन सशक्त पार्न निर्देशन


काठमाडौ, २०६६ कार्तिक ९ -

माओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेसमा पनि सशक्त आन्दोलनको वातावरण तयार पार्न निर्देशन दिएका छन् । पार्टीको मधेस राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारीको सोमबार राजधानीमा भएको बैठकमा उनले मधेसमा संगठन मजवुत पार्दै पार्टीले थाल्ने आन्दोलनलाई सशक्त पार्न निर्देशन दिएको सहभागी एक नेताले बताए । बैठकमा मधेस राज्य अन्र्तगतको मिथिला, भोजपुरा र अवध क्षेत्रका नेताहरुको उपस्थिति थियो ।

माओवादीले कार्तिक १५ गतेसम्म दलहरुसँग सहमति नभए सशक्त आन्दोलन गर्ने निर्णय यसअघिनै गरिसकेको छ ।

बैठकमा मोर्चाको कार्तिक २१ देखि २३ गतेसम्म बीरगंजमा हुने महाधिवेशनको तयारीबारे पनि छलफल भएको थियो । यसअघि असोज २२ गतेदेखि गर्ने भनिएको मोर्चाको महाधिवेशन आवश्यक तयारी नपुगेको भन्दै स्थगीत गरिएको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by