ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 29, 2009

माओवादी प्रजातन्त्र सिध्याउने खेलमा : देउवा

दिलिप पौडेल, बाग्लुङ कात्तिक १२ - नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले एकिकृत नेकपा माओवादी प्रजातन्त्र सिध्याउने खेलमा लागेको आरोप लगाएका छन्। 'संसदीय व्यवस्थालाई स्वीकार गर्ने प्रतिवद्धताकासाथ शान्ति प्रक्रियामा आएको माओवादी, अहिले कांग्रेसका नेता तथा कार्यकर्तामाथि आक्रमण गरिरहेको छ', देउवाले भने। 'शान्ति सम्झौता बमोजिम द्वन्द्वकालमा कव्जा गरेका जग्गाजमिनपनि फिर्ता गरेको छैन। अझै, नागरिक सर्वोच्चताको नाम वितण्डा मच्चाउन उद्दत छ,' देउवाले भने - 'माओवादीका हरेक क्रियाकलाप अप्रजातान्त्रिक छन्। यी क्रियाकलापले प्रमाणित गर्छ ,उ (माओवादी) लोकतन्त्र बिरोधी तत्वको रुपमा देखिएको छ।'



धौलागिरी साहित्य प्रतिष्ठान बागलुङद्वारा प्रकाशन गरिएको "हेमराज शर्मा पौडेल व्यक्तित्व र योगदान ग्रन्थ" को विमोचन तथा कार्यकर्ता भेटघाटकोलागि उनी बाग्लुङ आईपुगेका हुन्।

देउवाले राष्ट्रपतिको कदम बाहेक अन्य हरकुनै बिकल्पको माध्यमबाट राजनीतिक गतिरोधको अन्त्य गर्न सकिने बताए। '१८ दलको आग्रहमा राष्ट्रपतिले कदम चाल्नु भएको हो, उनले प्रति प्रश्न गरे कसरी राष्ट्रपतिको कदम गैर संवैधानिक हुन सक्छ?, राष्ट्रपतिले कदम नचालेको भए माओवादी सेनामाथि हस्तक्षेप गर्ने सुरुमा थियो। 'अन्य बिकल्प ल्याएमा छलफल गर्न सकिन्छ' - उनले भने।

'नागरिक सर्वोच्चताको नाममा माओवादीले संसदबाट बजेट पारित गर्न नदिनु राज्यप्रतिकै गैर जिम्मेवार बन्नु हो, उनले भने, 'यस्तै अवस्था रहे राष्ट्र टाट पल्टिन सक्छ। प्रधानमन्त्री आफ्नो अधिकार प्रयोग गरेर अध्यादेश मार्फत बजेट पारित गराउन बाध्य हुनेछन्।'

सरकार विरोधी आन्दोलन गरिरहेको माओवादीलाई अविश्वासको प्रस्ताव ल्याएर सरकार ढाल्न समेत चुनौती दिए। 'माओवादीले आन्दोलन गर्ने समय होईन, आन्दोलन छाडेर सहमतिमा आउन आउनु पर्छ,' उनले भने। देउवाले नयाँ संविधान काङ्ग्रेसकै अगुवाईमा बन्ने दावी गरेका छन्। उनले सवै पार्टीलाई दलीय स्वार्थ त्याग्न पनि आग्रह गरेका छन्।

यसैबीच बिहिबारनै आयोजना गरिएको कार्यकर्ता भेटघाटको क्रममा गुट उपगुटमा नलाग्न कार्यकर्तालाई निर्देशन दिए। 'विगतमा केही कमि कमजोरी भए, अब पार्टीलाई सुदृढिकरण गरेर अगाडि बढ्ने जिम्मेवारी आएको छ। सो जिम्मेवारीलाई पुरा गर्नु सवैको दायित्व हो,' देउवाको भनाई उदृत गर्दै कार्यकर्ता भेटघाटमा संलग्न एक सदस्यले बताए।

पार्टी कार्यकर्ताले पार्टीलाई सुदृढ ढंगले अगाडि बढाउन आग्रह गरेका थिए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by