ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 27, 2009

'पार्टीभित्र अन्तरविरोध देखेर माओवादीले आक्रमण गरे'



दीपेन्द्र बडुवाल/नारायणगढ

नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले माओवादीले आफूहरुमाथि आक्रमणको हद पार गरेको भन्दै प्रतिरोध गर्न पार्टी भित्र एकताको खांचो औल्याएका छन् । उनले पार्टी भित्र अन्तरबिरोध देखेर माओवादीले चौतर्फी आक्रमण तीब्र पारेको बताए । उनले आफुले माओवादी आक्रमणको प्रतिरोध गर्न पार्टीलाई मिलाएर लैजान चाहेको बताए । अझै पनि कांग्रेस भावानात्मक रुपले एक नभए अनेक चुनौतीको सामना गर्नुपर्ने उनको तर्क थियो । मंगलबार तरुण दलको ५६ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नारायणगढ पुगेकाम देउवाले हिजो दुइ पार्टीको अवस्था रेहपनि अहिले आफूमाथि शंका नगर्न कार्यकर्तासँग आग्रह गरे ।
उनले माओवादीलाई तत्काल काग्रेस कार्यकर्ता माथिको आक्रमण बन्द गर्न चेतावनी दिए । माओवादीले अहिले देशभर त्रास सिर्जना गरेको उनको भनाइ थियो । उनले कार्यकतालाई आइलाग्ने माथि जाइलाग्नका लागि तयारीमा बस्न आव्हान पनि गरे । 

सिचाईमन्त्री बालकृष्ण खांडले माओवादीका दुर्दिनको सुरुवात भएको बताए । उनले बरिष्ठ नेता देउवा माथि आक्रमण गरेर माओवादीले सिंगो पार्टी माथि हमला गरेको बताए । यो आक्रमण पछि माओवादीलाई बिश्वास गर्ने दिन समाप्त भएको भएको जनाउदै यस्तै अराजकताका कारण माओवादी राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा एक्लिएको उल्लेख गरे ।

सभासद गगन थापाले माओवादीका कारण संविधानसभाले संविधान लेख्छ भन्ने बिश्वास जनताबाट हटदै गएको उल्लेख गरे । 

तरुण दलका सभापति महेन्द्र यादवले पार्टीले एक महिना समय दिए देशभर तरुण दस्ता गठन गरेर माओवादीको प्रतिकार गर्ने बताए । उनले आवश्यक्ता परे बन्दुक उठाउने चेतावनी समेत दिए । 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by