ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 19, 2009

तराईमा बहुप्रदेश माग


हेटौंडा ३ असोज (दैनिकी)
हेटौंडामा भएको थारु महिला सभाको प्रथम राष्ट्रिय सम्मेलन १७ बुँदे घोषणा पत्र जारी गर्दै शनिबार सकिएको छ। सम्मेलनले शिक्षित थारु महिलाहरुलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्ने, संसदमा देखिएको गतिरोध अन्त्य हुनुपर्ने, समयमै संविधान जारी हुनुपर्ने लगायतका ७ बुँदे घोषणा
पत्र जारी गरेको छ। प्रस्तावमा तराईमा बहुप्रदेश हुनुपर्ने, ऐतिहासिक पृष्ठभुमिको आधारमा स्वायत्त प्रदेशहरू बनाइनु पर्ने, थारूलगायतका जनजातिहरूको अधिकार सुनिश्चित हुनुपर्नेलगायतका रहेका छन्। सम्मेलनले हरिदेवी चौधरीको संयोजकत्वमा ३१ सदस्यीय थारु महिला राष्ट्रिय कार्यसमिति गठन गरेको छ। २५ जिल्लाका करिब ३ सय प्रतिनिधिको उपस्थिति रहेको भेलाले थारू महिलाहरूले आफूहरू वर्षौदेखि शोषित पीडित भएकाले, आफ्ना हकअधिकार नयाँ सम्बिधानमा सुनिश्चित हुनुपर्नेलगायतका निर्णय गरेको छ।सम्मेलनमा केन्द्रिय अध्यक्ष अष्टभुजा चौधरी, महामन्त्री राजकुमार लेखी लगायतको सहभागिता रहेको थियो।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by