ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, September 13, 2009

संविधानको भावना अनुसार अघि बढः राष्ट्रपति


राष्ट्रपति रामवरण यादवले मुलुकलाई निकास दिन संविधानको भावना अनुरुप चल्नुपर्नेमा जोड दिएका छन् । उनले लोकतन्त्रमा हिंसा, बल र हतियारको प्रयोग अशोभनीय हुनेपनि बताए । राजधानीमा शनिबार आयोजित महिला हिंसा विरुद्धको कार्यक्रममा उनले राज्यको तीन अंग न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीच सन्तुलन भएमात्र लोकतन्त्र बलियो हुनसक्ने भन्दै शान्ति प्रकृया र हिंसाको अवशेषलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
विगतमा लोकतन्त्रको अभ्यास हुन नसकेको भन्दै उनले सबैले उपभोग गर्नसक्ने लोकतन्त्रको खाँचो रहेको औल्याए । मुलुकमा भएका ठूला परिवर्तनलाई संस्थागत गर्ने जिम्मेवारी सम्पूर्ण नेपालीको काँधमा आएकाले यसप्रति सबै सचेत हुनुपर्ने उनले बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by