ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 16, 2009

लुम्बिनीमा पर्यटक बढे


लुम्बिनीमा सात वर्षयताकै सबैभन्दा बढी पर्यटक भित्रिए

 गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा यो वर्ष पर्यटक आगमन बढेको छ । लुम्बिनी विकास कोषले जनाएअनुसार सन् २००२ देखिकै सबैभन्दा बढी पर्यटकले लुम्बिनी भ्रमण गरेका हुन् । सन् २००२ मा ९ हजार ३६ पर्यटक आएकोमा २००३ मा २८ हजार ५३ जना पर्यटक आएका थिए । त्यस्तै, सन् २००४ मा ३७ हजार ८ सय ९२, २००५ मा ३९ हजार ७ सय ९२ र २००६ मा ४९ हजार ६ सय ९५ तथा २००७ मा ७१ हजार ५३ पर्यटकले
लुम्बिनी भ्रमण गरेका थिए ।
सबैभन्दा बढी सन् २००८ अन्त्यदेखि २००९ जुलाईसम्ममा ८३ हजार १ सय ७५ पर्यटक लुम्बिनी आएको कोषले जनाएको छ । पर्यटक आगमन वृद्धिसँगै सरकारले समेत लुम्बिनी विकास कोषको बजेट बढाउँदै लगेको छ । सरकारले ०६१/६२ मा ४ करोड, ०६२/६३ मा ८ करोड, ०६३/६४ मा ८ करोड, ०६४/६५ मा ९ करोड ६० लाख र ०६५/६६ मा १० करोड ५४ लाख बजेट विनियोजित गरिएकामा आर्थिक वर्षमा ०६६/६७ मा ११ करोड ६७ लाख रुपैयाँ विनियोजित गरेको छ ।
सन् १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव यु थानले अवलोकन गरेपछि लुम्बिनीको विकास सुरु भएको थियो । थानको अवलोकनपछि १९७२ देखि १९७८ सम्म प्रख्यात आर्किटेक प्रो. केन्जो टांगेले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड वातावरणीय संरक्षण तथा युनेस्कोले पारित गरेअनुरुप लुम्बिनी गुरुयोजना निर्माण कार्य निरन्तर अघि बढ्दै आएको छ । सन् १९८५ मा सुरु भएको निर्माण सन् १९९५ मै सकिनुपर्नेमा हालसम्म करिव ४० प्रतिशत मात्र काम भएको विकास कोषले जनाएको छ ।
बजेट अभाव तथा अन्तर्राष्ट्रिय समुदायको सहयोय पर्याप्त नभएकाले गुरुयोजना अधुरो हुन पुगेकोे कोषका अधिकारीले बताएका छन् । लुम्बिनीको विकाससँगै कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह क्षेत्र, बुद्धको अस्तु रहेको नवलपरासीको रामग्राम क्षेत्रलगायत ७ स्थानको एकीकृत रुपमा विकास गर्नुपर्ने सर्वसाधारणको माग रहिआएको छ ।
कोषका अनुसार स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक नेपाल रुपन्देहीको बेलहिया नाका हुँदै भित्रिएका छन् । सो नाकाबाट सन् २००९ को जुलाईदेखि अगस्त महिनामा दुई हजारभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
अध्यागमन कार्यालय बेलहियाले बेलहिया नाका भएर गत वर्षभन्दा दोब्बर बढी पर्यटक यो वर्ष नेपाल भित्रिएका छन् । गत वर्षको यो अवधिमा सोचेअनुसार पर्यटक आएका थिएनन् । जुलाई र अगस्त महिनामा सबैभन्दा बढी हल्यान्ड तथा पोलयान्डबाट ३ सय ८८, श्रीलंकाबाट ३ सय ८३ तथा प|mान्सबाट २ सय पर्यटक यो नाकाबाट नेपाल भ्रमणमा आएको बेलहिया नाकामा राखिएको तथ्यांकमा उल्लेख छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by