ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 16, 2009

पार्टीकै लडाकु बने सरकारले तलव भत्ता रोक्नेछः खाँण

भैरहवा, २०६६ भाद्र ३१ -


सिंचाई मन्त्री बालकृष्ण खाँणले माओवादी लडाकुले पार्टी नछाडे उनीहरुलाई दिएको तलब भत्ता सरकारले रोक्ने बताएका छन् । बुधबार भैरवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाँडले राज्यको ढुकुटीबाट तलव भत्ता खाएपछि माओवादी लडाकुले पार्टीको काममा लाग्न नपाउने बताए ।


लडाकुको सबै शिविर र संरचना राज्यको तर्फबाट निर्माण भएका हुन्' उनले भने-'राज्यको तलव खाएपछि कुनैपनि लडाकु पार्टीको हुँदैन, यदि उनीहरु माओवादी पार्टीकै हुने हो भने उनीहरुलाई उपलब्ध गराउदै आएको तलव, भत्ता र सवै सुविधा सरकारले भोलीदेखि नै बन्द गर्नेछ ।' 





भैरहवा विमानस्थलबाट आउने क्रममा माओवादी कार्यकर्ताले कालो झण्डा देखाएको प्रशङ्ग निकाल्दै उनले प्रजातन्त्रमा कसैलाई कालो झण्डा देखाउनु सामान्य भएपनि ढुंगामुढा गर्नेलाई सरकारले कारवाही गर्ने बताए । अर्कोलाई कालो झण्डा देखाएर विरोध गर्ने माओवादी कार्यकर्ता तथा नेताले आपूुलाई पनि अर्कोले देखाउंदा सहनु सक्नुपर्ने उनले दबी गरे । विरोध गरेकै कारण केही बर्ष अघि माओवादी पीडित संघका अध्यक्ष गणेश चिलवालको माओवादीले हत्या गरेको प्रसंग उल्लेख गर्दै  उनले भने-'भोली माओवादी नेता पुष्पकमल दाहाललाई कालो झण्डा देखाउन पाउने की नपाउने ?'





माओवादीको कृयाकलाप अन्तराष्ट्रिय जगतले हेरिरहेको र अहिलेको जस्तै कृयाकलाप जारी राखेमा माओवादी एक्लिदै जाने उनले  दावी गरे । हतियार कै बलले मात्रै राजनीतिमा सर्वेसर्वा भएर सत्ता कब्जा गर्ने सोंच बनाउने हो भने पंचायतकाल र ज्ञानेन्द्रको शासन कालको अन्त्य नहुने उनले बताए । माओवादी कार्यकर्ताले मुठभेडको राजनीति कायमै राखेमा अव नेपाली काँगेसले पनि डटेर मुकाबिला गर्ने चेतावनी उनले दिए । 'सकेसम्म मुठभेडको अवस्था नआओस्, आयो भनेपनि हामी एक कदम पछि नै हट्ने छौं' उनले भने, 'पछी हट्दापनि धकेल्नै थाले भने के गर्नु पर्छ जुनसुकै मुल्य चुकाउन पनि हामी तयार छौं ।' 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by