ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, September 13, 2009

साल्टट्रेडिङले ग्याँस बिक्री गर्ने


साल्टट्रेडिङ कर्पोरेसनले तिहारपछि एलपी ग्याँस बिक्री गर्नेभएको छ । यसका लागि धादिङमा कारखाना स्थापनाको काम अन्तिम चरणमा पुगेको कर्पोरेसनकी महाप्रबन्धक उर्मिला श्रेष्ठले बताइन् । 'तिहारलगत्तै उपत्यका र धादिङका लागि सेवा सुरु गर्नेछौं,' उनले भनिन्, 'पोखराका लागि पछि निर्णय गरिनेछ ।' दसैं तिहारको समय उपभोक्ताका लागि सहज बनाउन यी पर्वमै बिक्री गर्ने लक्ष्य रहे पनि विभिन्न कारणले ढिलाइ भएको श्रेष्ठले बताइन् ।
बिक्री-वितरणको दुई महिनालाई परीक्षण अवधिका रूपमा हेरिनेछ । त्यसपछि कर्पोरेसनले सेवालाई विस्तार गर्ने जनाएको छ । यसअघि नुन, चिनी र मैदा उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउँदै आएकोमा एक महिनादेखि निर्माण सामग्री र कागजका सामानको समेत बिक्री गर्न थालेको छ । खाद्य तथा अन्य वस्तु आपूर्तिमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहे पनि अधिकांश नाफामुखीमात्र भएकाले सरकारी वा आंशिक सरकारी कम्पनी सक्रिय हुनुपरेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव पुरुषोत्तम ओझाले बताए । 'खाद्य तथा अन्य वस्तुसँगै पेट्रोलियम आपूर्ति कार्यमा संलग्न हुनुपर्छ,' उनले भने, 'कर्पोरेसनले विविधीकरण गर्नसके उपभोक्ता बढी लाभान्वित हुन्छन् ।' परीक्षण अवधिसकिएपछि 'फुल फेज' मा ग्याँस बिक्री-वितरण गर्ने र आवश्यकताअनुसार पूर्वाधार तयार गरिने श्रेष्ठले बताइन् । कर्पोरेसनले ०६५/६६ मा ३ अर्ब १७ करोड ६४ लाख कारोबार गरेकामा आगामी वर्ष ३ अर्ब ७५ करोडको कारोबार गर्ने लक्ष्य लिएको छ । ०६४/६५ मा भने कर्पोरेसनको कारोबार २ अर्ब १३ करोड रहेको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by