ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, September 14, 2009

मध्यपश्चिममा तरकारी र खाद्यान्नबाट लाखौ आम्दानी



गणेश कार्की/सुर्खेत, २९ भदौ
मध्यपश्चिम क्षेत्रका विभिन्न जिल्लाका किसानहरुले यो वर्ष तरकारी खेती र अन्य खाद्यान्नबाट लाखौ आम्दानी गरेको एक तथ्यांकले देखाएको छ। क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतको तथ्यांक अनुसार अदुवा, च्याउ, सुन्तला, स्याउ, मह र अन्य फलफूल तथा खाद्यान्न बिक्री गरी कृषकले मनग्य आम्दानी गरेका हुन। सुर्खेतमा ५४ हजार २ सय ९६ मेट्रीक टन तरकारी तथा खाद्यान्नबाट उत्पादन गरी ५९ करोड आम्दानी गरेको जनाइएको छ। यस्तै दैलेखमा ३४ हजार ७ सय ५० बोट सुन्तलाबाट ४ लाख र १८ हजार ६ सय ६५ मेट्रीक टन तरकारी र खाद्यान्न विक्रिबाट ३२ करोड ९३ लाख आम्दानी भएको क्षेत्रीय कृषि कार्यालयले जनाएको छ।
प्युठानमा १ हजार ६६ मेट्रीक टन तरकारी, अदुवा, मह र फलफूल बिक्रीबाट १ करोड ४६ लाख कृषकहरुले आम्दानी गरेको तथ्यांकमा उल्लेख छ। अदुवा ३ सय ६० मेट्रीक टन, तरकारी २ हजार ३ सय ९५ मेट्रीटन, च्याउ ११ मेट्रीटन, परवल ३० मेट्रीक उत्पादन भएको दाङका किसानहरुले ३ करोड ५४ लाख आम्दानी गरेको जनाईएको छ। त्यसैगरी जाजरकोट जिल्लामा १ हजार २ सय ५५ मेट्रीटन खाद्यान्न बिक्रीबाट ४ करोड ६८ लाख कृषकले आम्दानी गरेको समेत जनाइएको छ ।






No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by