ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 15, 2009

बिगमार्टको मुलुकभर सन्जाल विस्तार योजना


राजधानीको सिटिसेन्टरमा दुई महिनाअघि खुलेको बिगमार्ट सुपरमार्केटले मुलुकभर सन्जाल विस्तार गर्ने भएको छ । नेपालमा नै विकसित देशमा पुगेर किनमेल गरेजस्तो आभास दिने गरी खुलेको बिगमार्टले मुलुकका विभिन्न सहरमा सोही प्रकारका रिटेल मार्केट विस्तारको घोषणा गरेको हो ।







बिगमार्टका प्रबन्ध निर्देशक पि्रन्स खेतानले आगामी २ वर्षभित्र विभिन्न सहरमा कम्तीमा १० यस्ता सुपरमार्केट खोलिसक्ने बताए । खेतानले भने, 'दुई वर्षभित्र मुख्य १० वटा जति सहरमा त्यस्ता मार्केट खोल्छौं, भविष्यमा १ सय २५ देखि डेढ सयसम्म मार्केट खोल्ने लक्ष्य छ ।' उनले नेपालीलाई पनि सुपरमार्केटमा किन्ने बानी बसाउन व्यवसाय सुरु गरेकाले मुलुकभर सन्जाल विस्तार गर्ने जानकारी दिए ।विदेश घुम्न जाँदा देखेका सुपरमार्केटजस्तो नेपालमा किनमेल गर्ने ठाउँ नभएकाले रिटेल बिजनेसमा हात हालेका खेतानले बिगमार्ट अरु सुपरमार्केटजस्तो महँगो नभएकाले दुई महिनामै ग्राहको मन जित्न सफल भएको बताए । उनले मलका अन्य पसल महँगो भएपछि उपभोक्तालाई बिगमार्ट महँगो होला भन्ने भ्रम परेको बताउँदै भने, 'तर हाम्रोमा सोही लोकेसन बाहिरका पसलभन्दा सस्तोमा सामान पाइन्छ ।' ग्राहकको प्रोत्साहनका कारण रिटेल मार्केट विस्तार गर्न लागिएको खेतानले जानकारी दिए ।तरकारी, खाद्यान्न, पेयपदार्थ, खेलौना, शृंगार सामग्रीलगायत करिब ३ हजार भेराइटी एकै ठाउँमा पाइने बिगमार्टले अन्य सहरमा भने उपभोक्ता क्रयक्षमता र सामग्री उपलब्धताका आधारमा पसल खोल्ने जनाएको छ । 'उपभोक्ता क्रयशक्ति हेरेर सोहीअनुरुपका पसल खोल्छौं,' खेतानले भने ।खेतानले 'हेल्थ, हंगर, हाइजिन' भन्ने मान्यतासाथ सस्तोमा गुणस्तरीय सामान बिक्री गर्ने गरी बिगमार्ट संचालन गरिएको बताउँदै हाल उच्च वर्गका मानिस धेरै आए पनि मध्यम र निम्नमध्यम वर्गलाई पनि सुहाउँदो सामान राखिएको जानकारी दिए । 'अहिले एलिट धेरै आए पनि हाम्रो टार्गेट मिडिल क्लास नै हो,' उनले भने, 'हामीले कम मूल्यमा गुणस्तरीय सामान मिडिल क्लासलाई उपलब्ध गराउँछौं ।' अन्य पसलमा भन्दा कम मूल्यमा सामान दिएको दाबी गर्दै खेतानले भने, 'अहिले चिनी अरुले ६०/६२ रुपैयाँ किलो बेचिरहेका छन् हामी ५७ रुपैया केजी बेच्छौं ।'
बिगमार्ट आउने उपभोक्ताले बढी मात्रामा तरकारी, फलफूल र खाद्यान्न किन्ने गरेको जानकारी दिँदै खेतानले बालक, युवायुवतीदेखि वृद्धावृद्धसम्मका सामान उपलब्ध भएको बताए । ११ हजार स्क्वायर फिटमा फैलिएको बिगमार्टले ग्राहकलाई विभिन्न स्किम चलाएर छुट दिने व्यवस्था मिलाएको उनले जानकारी दिए । सबै प्रकारका क्रेडिट कार्डबाट कारोबार गर्न सकिने बिगमार्टमा एक-एक घन्टमा लक्की ड्र गरी उपहार स्किम चलाइएको छ । यसैगरी ४ प्रतिशत छुटको स्किम भर्खरै सम्पन्न गरेको बिगमार्टले दसंैतिहारलाई लक्षित गरी लक्की ड्र बम्पर, छुटलगायत उपहार योजना ल्याउने जनाएको छ ।चाँडै क्लब कार्ड सञ्चालनमा ल्याउने लागेको बिगमार्टले कार्ड सञ्चालनमा आएपछि ग्राहकले अझ सुविधा पाउने अपेक्षा राखेको खेतानले बताए । 'क्लब कार्ड सुरु गरेपछि कन्जुमरले बिगमार्टसहित मुलुकका विभिन्न ठाउँका पसलमा पि्रभिलेज पाउनेछन्,' उनले भने ।
अरुभन्दा स्टलको लुक, लाइटिङ र सफाइमा अघि रहेको दाबी गर्दै खेतान अन्य सुपरमार्केटले सुरु नगरेको मेनु कस्टम सर्भिस पनि सुरु गरेको बताउँछन् । नेपाली र अंग्रेजी दुवै भाषामा पोख्त युवायुवतीले सेवा दिने भएकाले नेपाली र विदेशी दुवैलाई बिगमार्ट सजिलो किनमेल स्थल हुने उनको दाबी छ । दसैंका बेलामा २ सयभन्दा बढी उत्पादनमा उपहार राख्ने बिगमार्टले नयाँ-नयाँ स्किम ल्याएर ग्राहकलाई सन्तुष्टि दिने उनले बताए । बिगमार्टमा गृहिणीको उत्पादन अचार, चटनीजस्ता सामग्री पनि राखिने खेतानले जानकारी दिए । दुई महिनाअघि खुलेको सो सुपरमार्केटमा हाल १ सयजनाले रोजगारी पाएका छन् । यस्ता सुपरमार्केट खुलेमा धेरैले रोजगारी पाउने भएकाले पनि यतातिर आकषिर्त भएको खेतानको दाबी छ । 

1 comment:

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by