ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 16, 2009

त्रिविको दीक्षान्तमा प्रधानमन्त्रीलाई ढुङ्गा प्रहार

काठमाडौं, भदौ ३१ (नागरिक) - त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर पुगेका प्रधानमन्त्री माधवकुमार नेपाललाई माओवादी कार्यकर्ताले नाराबाजी गर्दै कालोझन्डा देखाएका छन्। प्रधानमन्त्रीले विद्यार्थीलाई दीक्षित गराउँदै गर्दा स्टेजमा कालो झण्डा र ढुङ्गा प्रहार भएको छ। 






माओवादी विरोधलाई ध्यानमा राख्दै विश्वविद्यालय क्षेत्रको सुरक्षा कडा पारिए पनि माओवादी कार्यकर्ताहरु समारोह स्थलमा प्रवेश गरी विरोध गरेका हुन्। प्रहरीले प्रदर्शनकारीहरुलाई लाठी प्रहार गर्दै समारोहस्थलबाट लखेट्ने प्रयास गरेको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by