ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, September 17, 2009

तीस लाख राहत हस्तान्तरण


काठमाडौं/ 
माओवादी नेवाः राज्य समितिले पश्चिम नेपालमा फैलिएको झाडापखाला प्रभावितका लागि उठाएको झन्डै ३१ लाख रुपैयाँ राहत हस्तान्तरण गरेको छ । राहतमा ३० लाख ९४ हजार पाँच सय ६ नगद, एक सय २० कार्टुन औषधि, चार सय क्विन्टल
चामल र १५ ट्रक कपडालगायतका सामग्री छन् ।


माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित पत्रकार-सम्मेलनमा नेवाः राज्य समितिका इन्चार्ज हितमान शाक्यले एकीकृत जनस्वास्थ्य अभियानका संयोजक गिरिराजमणि पोखरेललाई सो राहत हस्तान्तरण गरेका हुन् । सो अवसरमा राहत रकमबाट मृतकका परिवारलाई नगद पाँच/पाँच हजार रुपैयाँ प्रदान गरिने जानकारी दिइयो ।

माओवादी स्थायी समिति सदस्यसमेत रहेका पोखरेलले अहिलेसम्म ६ सय ५७ जनाको झाडापखालाका कारण मृत्यु भइसके पनि सरकारले तथ्यांक लुकाएको आरोप लगाए । उनले अहिले सो क्षेत्रमा मृत्यु हुनेको संख्या घटे पनि रोग अझै नियन्त्रणमा नआइसकेको बताए । यसअघि पनि माओवादीको नेवाः राज्य समितिले झाडापखाला प्रभावित क्षेत्रका लागि राहत पठाएको थियो । झाडापखाला प्रभावित क्षेत्रमा उद्धार तथा राहत पुर्‍याउन भन्दै माओवादीले पोखरेलको संयोजकत्वमा अभियान टोली गठन गरेको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by