ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, September 18, 2009

सरकारले तत्काल राजीनामा दिनु पर्ने प्रचण्डको शर्त


काठमाडौं, २ असोज(दैनिकी)
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले 'प्रचण्ड'ले नागरिक सर्वोच्चता मान्ने हो भने वर्तमान सरकारले तत्काल राजीनामा दिनुपर्ने बताएका छन। चितवनको नारायणगढमा आयोजित जनसभामा उनले राष्ट्रपतिको कदम विरुद्ध संसदमा संकल्प प्रस्ताव ल्याए सत्तारुढ दलका सभासदले नै समर्थन गर्ने दावी गरे । सत्तारुढ एमाले र मधेसवादी दलका केही सभासदले संकल्प प्रस्तावका लागि सहयोग गर्ने वचन दिएको बताए ।
माओवादीको संकल्प प्रस्ताव बारे बखेडा झिकिए तिहार लगत्तै जनआन्दोलन सुरु गरिने उनको चेतावनी थियो । त्यस्तो आन्दोलनले जनविद्रोहको रुप लिने र त्यसपछि जनचाहना अनुसारको राज्य व्यवस्था आउने उनको भनाई थियो। उनले दशैं, तिहार लगत्तै हुने विद्रोहले विश्व नै चकित हुने दावी समेत गरे। अध्यक्ष दाहालले कांग्रेस र एमालेको अधिनायकवाद र स्वच्छाचारी नीतिका कारण मुलुकमा ग्रहण लागेको टिप्पणी गरे । जनताको जित हुने दिन नजिकिदै गएको जिकीर गर्दै प्रचण्डले देशभर आयोजना गरिएका माओवादी जनसभाहरु वृहत आन्दोलनको सुरुवात भएको बताए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by