ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 26, 2009

बैंक प्रबन्धक रकम माग्दै व्यापारीको घरदैलोमा

जाजरकोट , २०६६ आश्विन ९ -   नेपाल बैक लिमिटेड शाखा कार्यालय जाजरकोटमा रकम अभाब भएपछि बैंक प्रबन्धक ब्यापारीकहाँ धाउन थालेका छन् । बैकमा रकम सकिएपछि  शाखाका निमित्त प्रबन्धक आनन्द कुमार कार्की स्थानीय ब्यापारीको पसलपसलमा रकम जम्मा गर्दै हिड्न थालेका हुन् । अहिले बैकले २ हजारको चेक पनि साट्न नसक्ने अवस्था रहेको छ  ।
रकम नहुदा शिक्षक , सेना , प्रहरी ,कर्मचारी र सर्वसाधारणलाइ मर्का परेको छ । बैंकमा नोट नहुदा झाडापखालाका माहामारीका पीडितले पाउने राहत पनि प्रभावित भएको छ ।

 उनीहरुका चेक बैकमा थुपि्रएपछि समस्या टार्न निमित्त प्रबन्धक कार्की ब्यापारीलाइ रकम जम्मा गरीदिन आग्रह गर्दै हिडेका हुन् । 'आग्रहपछि ब्यापारीले विहीबार झण्डै ३० लाख रुपैया जम्मा गरेपछि थोरै भएपनि समस्या टरेको छ', उनले भने । ब्यापारीले जम्मा गरेको उक्त रकम चेकबमोजिम नभएपनि दशैं मनाउन सबैलाइ बाडिएको छ ।

जिल्लाको एकमात्र उक्त बैंकमा रकम जम्मा गर्न निक्षेपकर्ताहरुको आकर्षण छैन् । बैंकको ब्याजदर पनि कम भएको स्थानीयको गुनासो छ । 'अधिकांश ब्यापारी तथा स्थानीयले बैंकमा रकम जम्मा नगरी घरमा नै राख्नाले पनि यस बैंकमा सधै रकम अभाव भैरहन्छ' उद्योग बाणिज्य संघका अध्यक्ष कमान बहादुर खड्काले बताए ।  
   

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by