ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, September 21, 2009

'कु' गर्न नसकेपछि माओवादी आन्दोलनमाः पौडेल

कान्तिपुर संवाद्‍दाता

काठमाडौ, २०६६ आश्विन ५ - माओवादीले 'कु' गर्न नसकेपछि नागरिक सर्वोच्चताको नाममा आन्दोलनमा गएको कांग्रेस संसदीय दलका नेता राचन्द्र पौडेलले बताएका छन् । सोमबार दलको सूचना केन्द्र उद्घाटन कार्यक्रममा उनले राष्ट्रपति र नेपाली सेनाकै कारण माओवादीको अभिष्ट पुरा नभएको उनले बताए । 
पार्टीका गतिबिधि र बैचारिक धारणाबाट कार्यकर्तालाई सूसुचित गराउने उद्देश्यले स्थापित  सूचना केन्द्रको कार्यबाहक सभापति सुशिल कोइरालाले शुभारम्भ गरेका थिए । 
 
कोइरालाले बैचारिक अभियानबाट पछि परेकै कारण कांग्रेसले उपलव्धिमुलक काम गरेरपनि प्रचारप्रसार गर्न र गाउँ तहका कार्यकर्तासम्म पहूच पुर्‍याउनु नसकेको बताए । केन्द्रले सूचना र गतिविधि भण्डारण गरी गाउँ तह सम्म वितरण गर्ने लक्ष्य लिएको छ । 

त्यसका लागि वेवसाईट, अग्रेजी र नेपाली भाषाका मासिक बुलेटिन प्रकाशन गर्न सुरुवात गरेको छ । बुलेटिनको संसदीय दलका नेता पौडेलले शुभराम्भ गरेका थिए । पौडेलले विपक्षीहरुको प्रहारलाई बैचारिक रुपमा परास्त गर्नका लागि नै सूचना केन्द्र स्थापना गरिएको बताए । उनले सेनापति प्रकारणमा के भएको थियो यथार्थ जानकारी समेत कांग्रेसले आम जनतामा लैजान नसकेको बताए । 

'हाम्रो लडाई बन्दु र लाठी संग होइन, बैचारिक हुन्छ' उनले भने-'हामा विपक्षीसंग विचारले प्रतिरोध गर्नुपर्छ ।' 
  

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by