ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 22, 2009

माओवादी मागमा लचक हुन एमालेको कांग्रेसलाई आग्रह


काठमाडौं, असोज ६ (नागरिक)- एकिकृत नेकपा माओवादीले राखेको मागमा लचकता प्रदर्शन गर्न एमाले अध्यक्ष झलनाथ खनालले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँग अनुरोध गरेका छन्। मंगलबार कोइराला निवास महाराजगन्ज पुगेका अध्यक्ष खनालले माओवादीलाई सहमतिमा ल्याउन गर्न सकिने  गृहकार्यका विषयमा छलफल गरेका थिए। 
माओवादीले राष्ट्रपतिको कार्य क्षेत्रबारे छलफल गर्ने शर्तमा जारी संसद गतिरोधलाई अन्त्य गर्ने र आन्दोलनलाई रोक्ने बताएको छ। एमाले माओवादीको अवधारणामा सहमत भए पनि कांग्रेसले राष्ट्रपतिका विषयमा छलफल गर्नै नसकिने तर्क अगाडि सार्दै आएको छ। 

सभापति कोइरालाले राजनीतिक संयन्त्र बनाउने आफ्नो पुरानो अडानमा मंगलबार पनि अडिग देखिएका थिए। कोइराला निकट स्रोतकाअनुसार कोइरालाले दशैं लगत्तै प्रमुख दलहरुको राजनीतिक संयन्त्र बनाई माओवादीका मागका विषयमा छलफल हुनुपर्ने बताएका थिए।

माओवादीले संसदमा राष्ट्रपति विरुद्ध संकल्प प्रस्तावमा छलफल हुनुपर्ने अडान लिइ लगातार संसद अवरुद्ध गरेपछि रानैतिक गतिरोध देखिएको छ। कँग्रेसले संसदमा संकल्प प्रस्तावमा कुनै पनि हालतमा प्रवेश गर्न दिनुहुँदैन भन्ने अडान लिएको छ। 

एमालेले संकल्प प्रस्तावको विकल्पमा सहमतीको प्रस्ताव तयार पारेको छ।  भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैं एमाले अध्यक्ष खनालले कांग्रेस सभापति कोइरालालाई दशैंको शुभकामना दिन आफू महाराजगन्ज पुगेको बताए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by