ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 22, 2009

'राजनीतिक संयन्त्रको विकल्प छैन'


कान्तिपुर संवाद्‍दाता

काठमाडौ, २०६६ आश्विन ६ - कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गरेर राजनीतिक गतिरोध अन्त्य गर्नुपर्ने बताएका छन् । राजधानीमा मंगलबार पुस्तक विमोचन गर्दै उनले संयन्त्र निर्माण गरेर अघि बढ्नुको विकल्प नभएको भन्दै यसलेनै दलहरुबीचको गतिरोध अन्त्य गर्ने समेत विश्वास ब्यक्त गरे । उनले यसबारे माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग समेत कुरा गरेको बताए । उनले भने, 'यसबारेमा प्रचण्डलाई पनि प्रष्ट भनेको छु । उनले माने मान्छन, नमाने मान्दैनन् ।'
एमाले अध्यक्ष झलनाथ खनालसँगको विहान भएको भेटमा समेत राजनीतिक संयन्त्र निर्माण गरेर दलहरुबीच देखिएको गतिरोध अन्त्य गर्नुपर्नेमा कोइरालाले जोड दिएका थिए । कोइरालाले जातीय आधारमा संघीयता बन्नु नहुनेमा जोड दिदै उत्तर- दक्षिणलाई मिलाएरनै संघ निर्माण गर्नुपर्नेमा जोड दिए । सार्वभौमसत्ताको लागि कसैसग सम्झौता नगर्ने अडान पनि उनले दोहोर्‍याए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by