ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 22, 2009

सहमति भए ५ दिनमै नयाँ संविधानः गजुरेल


सिन्धुली-, २०६६ आश्विन ६ - माओवादीका सचिव सीपी गजुरेलले दशैं, तिहार लगत्तै जनबिद्रोह नगर्ने बताएका छन् । माओवादी अध्यक्ष प्रचण्डले दशैं तिहार लगत्तै जनबिद्रोह गर्ने चेतावनी दिइरहेको बेला सचिव गजुरेलले भने जनताले चाहेपछि मात्र जनबिद्रोह हुने बताए । क्रान्तिकारी पत्रकार संघले सिन्धुलीमाढीमा मंगलबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा उनले जनबिद्रोह ज्यातिषीलाइ साइत हेराएर नगर्ने हुँदा जनताले जुन बेला चाहन्छन् त्यही बेला शुरु हुने धारणा राखे । उ्नले  नयाँ बिद्रोहको संभावना देखेकाले जनतालाई तयार रहन आव्हान भने गरिसकेको बताए ।
 
माओवादीलाई दमन गर्ने र आफ्नो अनुकुलको संविधान जारी गर्ने योजना सरकारवादी पार्टीहरुको रहेको प्रष्ट संकेत फेला परेकाले जनबिद्रोहको तयारी गरेको सचिव गजुरेलले खुालसा गरेे । सरकारी काम कारवाहीलेनै जनबिद्रोह निम्त्याएको उनको दावी थियो । माओवादी नेताहरुलाई जेल हाल्नुपर्छ भन्ने कांग्रेस नेता रामचन्द्र पौडेलको निजी धारणा नभएर डिजाइन भएकाले पहिलेनै सर्तकता अपनाएको उनले बताए  ।
नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदम नसच्चिएसम्म हामी सरकार बनाउदैनौ उनले भने,'सरकार ढाल्नलाइ हाम्रो आन्दोलन हैन ।' चाहेको भए १५ दिन अगावै सरकार ढालिसक्ने समेत सचिव गजुरेलले दबी गरे ।
 संविधान निर्माणका लागि समय पर्याप्त बाँकी रहेको चर्चा गर्दै सचिव गजुरेलले राजनीतिकदलहरुवीच सहमति बनेमा ५ दिनमा नयाँ संविधान जारी हुने ठोकुवा गरे । सहमति मात्र बन्नुपर्‍यो, हामीहरुसँग अर्काको मुलुकको संविधान लेख्ने बिज्ञहरु समेत छन् , रात दिन खटिने हो भने ५ दिनमै नयाँ संविधान जारी हुने उनका तर्क थियो । 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by