ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, September 24, 2009

अतिक्रमित नेपाली भूमिमा राष्ट्रिय झण्डा


सञ्जीव चापागाई/झापा ८ असोज
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतद्वारा अतिक्रमित नेपाली भूमिको अवलोकन गरी राष्ट्रिय झण्डा गाड्ने अभियान सुरु गरेको छ। भारतद्वारा अतिक्रमित पूर्वी नेपालको पशुपतिनगरबाट अनेरास्ववियुले सो अभियान सुरु गरेको हो। 

भारतद्वारा अतिक्रमित इलामको पशुपतिनगर स्थित छव्विसे र हिलेको निरीक्षणपछि सो स्थानमा नेपाली राष्ट्रिय झण्डा गाड्दै अनेरास्ववियुले राष्ट्रियताको पक्षमा सो अभियान सुरु गरिएको जनाएको छ। टोलीमा अनेरास्ववियुका केन्द्रीय सदस्य अशेष घिमिरे, अनेरास्ववियु क्याम्पस विशेष समिति झापाका अध्यक्ष टिकाराम मग्रातीलगायत ५६ जना सदस्य रहेका छन। नेपाली भूमिको निरीक्षणपछि सो टोलीले भारतीय विस्तारवादको विरोधमा अभियान सुरु गरिएको जनाएको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by