ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, September 25, 2009

प्रहरी र टाइगर्स कार्यकर्ताबीच गोली हानाहान, तीनको मृत्यु

मिथिलेस यादव, लहान, असोज ९-
सप्तरीको बैरवा ६ मा आज बिहान प्रहरी र मधेसी मुक्ति टाइगर्स कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा प्रहरीको गोली लागि तीन जना टाइगर्स कार्यकर्ताको मृत्यु भएको छ। घटनामा प्रहरीतर्फ दुई जना घाइते भएको सप्तरी प्रहरी प्रमुख गोपाल भण्डारीले बताए।



गस्तीमा रहेको प्रहरी टोली र हतियसधारी समुह बिच कोषीपश्चिम तटबन्धको बैरवामा ६ मा देखादेख भएपछि भएको दुई तर्फी गोली हानाहानमा हतियरधारी समूहका तीन जनाको मृत्यु भएको सप्तरी प्रहरी प्रमुख भुपाल भन्डारीले बताए। प्रहरीको गोलीबाट मारिने भवानी सिंह उपनामका भुनाई भनिने सप्तरी पोर्ताहा ८ का भुबनेश्वर यादव रहेको पुष्टि भण्डारीले गरेपनि बांकी दुई जना मृतकको सनाखत हुन बांकी रहेको उनले बताए।

जिल्ला प्रहरी कार्यालय राजबिराजमा शुक्रबार बिहान प्रहरीले गरेको पत्रकार सम्मेलनमा मृतकहरु बिभिन्न अपराधमा संलग्न रहेको जिकिर गरेको छ। प्रहरीका अनुसार कार्बाहीमा मारिएका भुबनेश्वर यादव भदौ १२ गते सप्तरीको कञ्चनपुरस्थित रोशन गुप्ताको मोटर ग्यारेजमा सुतली बम बिष्फोट गरेको सोही रात बरमझीयाको जयप्रकाश साहको पशलमा सुतली बम बिष्फोट गरेको प्रहरीको भनाई छ।

उनीहरुले अपहरण, चन्दा असुली, लगायत बिभिन्न अपराधिक कार्यबाट सर्बसाधारणलाई आतंकित गर्दै आएको प्रहरीको भनाई छ। प्रहरी प्रमुख भण्डारीले पत्रकार सम्मेलनमा हतियारधारीको गोलीबाट दुई जना प्रहरी घाइते भएको बताएको छ।

घाइते हुने प्रहरी हवल्दार दिलिप श्रेष्ठ र प्रहरी जवान देव नारायण यादव रहेको बताउदै भण्डारीले उनीहरुको कञ्चनपुर स्वास्थ्य चौकीमा उपचार भैरहेको जनाएको छ। प्रहरीसंगको दोहोरो गोली हानाहानमा मारिएका तीनै जना आफनो कार्यकर्ता रहेको मधेशी मुक्ति टाइगर्सले जनाएको छ।टाइगर्सका संयोजक प्रतापले युद्धबिराम गरेको अबस्थामा आफनो कार्यकर्तालाइ प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको आरोप लगाएको छ। प्रहरीले आपराधिक समुहविरुद्ध गरेको कार्वाहीमा तीन जना मारिएको जनाएको छ।

प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल, दुई थान कटुवा र पांच राउण्ड गोली, फायर नभई अडकेको एक थान खाका, मेरो मोबाइलको ९८०४७३७०७३ नं.को सिम सहित नोकिया मोबाईल सेट एक थान बरामद गरेको जनाएको छ। प्रहरीको गोलीबाट मारिएका तिनै जनाको शव सगरमाथा अञ्चल अस्पताल राजबिराजमा राखिएको छ। तराईमा सशस्त्र स‌‌घर्ष गर्दै आएको टाइगर्सले दशैँ र तिहारको अवधिमा युद्धविराम घोषणा गरेको थियो। टाइगर्सका संयोजक प्रताप सिंहले युद्धविरामको अवधिमा आफ्नो कार्यकर्तालाई नियन्त्रणमा लिई हत्या गरेको जिकिर गरेका छन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by