ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 26, 2009

राष्ट्रिय सरकार आवश्यकःयादव


उनले भने, 'नयाँ संविधान निर्माण र शान्ति प्रकृयालाई निष्कर्षसम्म पुर्‍याउने मुल जिम्मेवारीबाट वर्तमान सरकार दिगभ्रमित भईसकेको छ, मुलुकलाई यस   दलदलबाट बचाउन सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् ।' 


राजविराज , २०६६ आश्विन ८ - मधेशी जनअधिकार फोरम अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई वर्तमान समस्याबाट निकास दिन राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने बताएका छन् ।  
बिहीबार विहान सप्तरी सदरमुकाम राजविराजमा फोरम सप्तरीद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले वर्तमान सरकार संविधान निर्माण गर्ने मुख्य जिम्मेवारीबाट विच्चलित भईसकेको आरोप लगाए  ।


 उनले भने, 'नयाँ संविधान निर्माण र शान्ति प्रकृयालाई निष्कर्षसम्म पुर्‍याउने मुल जिम्मेवारीबाट वर्तमान सरकार दिगभ्रमित भईसकेको छ, मुलुकलाई यस दलदलबाट बचाउन सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् ।' पूर्व परराष्ट्रमन्त्री समेत भइसकेका यादवले वर्तमान सरकारबाट मुलुकले खोजेको मूल जिम्मेवारी पूरा गर्न नसक्ने निष्कर्षमा अन्तराष्ट्रिय जगतसमेत  पुगिसकेको बताउँदै तिहारपछि मुलुकले नयाँ सरकार पाउने ठोकुवा गरे ।
 उक्त कार्यक्रममा फोरमका सह-अध्यक्ष जयप्रकाश गुप्ताले वर्तमान सरकारमा सहभागी दलहरुले मधेशीलाई कुनैपनि अधिकार दिन नचाहेको आरोप लगाए  । उने स्वायत्त मधेश प्रदेशबारे ठूला दलहरु सहमत नरहेको गुनासो गरे ।
 राज्य पुर्नसंरचना समितिका सदस्यसमेत रहेका गुप्ताले स्वायत्त मधेश प्रदेश विना मधेशीप्रतिको विभेद अन्त्य हुन नसक्ने बताए । उनले भने -'मधेश प्रदेशको निर्माण हुन नसके फोरमको संविधानसभा बहिष्कार गरेर सडक आन्दोलनमा आउनुको विकल्प छैन, ते
स्रो ऐतिहासिक मधेश आन्दोलनकालागि तयार रहन कार्यकर्ताहरुलाई निदर्शेन समेत दिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by