ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, September 20, 2009

सेनाले सदैव नागरिक सर्वोच्चताको सम्मान गरेको छः प्रधानमन्त्री

काठमाडौ, २०६६ आश्विन ४ - 

प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली सेनाले सदैव नागरिक सर्वोच्चताको सम्मान गर्दै आएको बताएका छन् । सेनाको तालिम केन्द्र खरिपाटीमा आइतबार अधिकृत आधारभूत तालिमको समापन कार्यक्रममा प्रधानमन्त्री नेपालले राष्ट्रियता र सार्वभौमसत्ता संरक्षणको महत्वपूर्ण जिम्मेवारी सेनाको काँधमा रहेको
बताए ।




'राष्ट्रियता र सार्वभौमसत्ता रक्षाका लागि नेपाली सेनाको गौरवपूर्ण इतिहास छ,'उनले भने-' नेपाली सेना सबै जात जाति, भाषा, धर्म,समूदायको साझा सेना हो ।' विश्व शान्ति स्थापनामा सेनाले खेलेको भूमिका राष्ट्रकै लागि गौरवको विषय भएको भन्दै उनले भने-'नेपाली सेनाको गौरवशाली भूमिका कारण अमेरिकी राष्ट्रपति बाराक ओवामाले बोलाएको बैठकमा आफु सहभागी हुँदैछु ।'


सेनाका १ सय २४ जनाले अधिकृत तालिम पूरा गरेका छन् । नयाँ अधिकृतहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले ज्ञानलाई इमान्दारी पूर्वक राष्ट्र र जनताका लागि प्रयोग गर्न निर्देशन दिए । 'भविष्यमा थप चुनौति र व्यवधान आउनसक्छन तनमनले राष्ट्रको सेवा गर्नुहोला' उनले भने । अनुशासन नै सेनाको पहिचान भएको भन्दै उनले अनुशासित भएर काम गर्न तथा मानव अधिकार उल्लंघनका घटना हुन नदिन सजग रह्न सेनाका अधिकृतहरुलाई निर्देशन दिए । 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by