ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 23, 2009

माओवादी नाटकलाई विराम नदिए देशमा गम्भीर संकट उत्पन्न

हतियारको बलमा राजनीति गर्ने माओवादीले नागरिक सर्वोच्चताको कुरा गर्न सुहाउदैन

विजेता सिंह/जनकपुर,६ कार्तिक

भौतिक योजना तथा निर्माण राज्य मन्त्री संजय साहले एकिकृत नेकपा माओवादीले मुलुकमा अधिनायकवाद लाद्न खोजेको आरोप लगाउनु भएको छ। जनकपुरमा आयोजित चियापान समारोहमा राज्यमन्त्री साहले अधिनायकवाद लाद्न खोजेकै कारण माओवादी नेतृत्वको सरकार ढलेको बताए। हतियारको बलमा राजनीति गर्ने माओवादीले नागरिक सर्वोच्चताको कुरा गर्न सुहाउदैन। उनले भने माओवादी सँग अहिले पनि हतियार रहेको छ। राष्ट्रपतिको कदम असंवैधानिक रहेको भन्दै माओवादीले गरिरहेको नाटकलाई विराम नदिए देशमा गम्भीर संकट उत्पन्न हुने राज्यमन्त्री साहले उल्लेख गरे।
जनकपुरलाई औद्योगिक क्षेत्रको रुपमा हैन की धार्मिक नगरीको रुपमा विकास गर्नुपर्दछ। जिल्ला विकास समिति धनुषा र जनकपुर नगरपालिकामा व्यापक भ्रष्टाचार भएको तर्फ इशारा गर्दै उहाँले भने अव उपरान्त त्यसो हुन नदिन गम्भीर हुनु जरुरी छ।
जनकपुरको लागी सरकार गम्भीर रहेको छ। तर यहाँको विकासका लागी सरकार भन्दा स्थानिय संघसंस्था, नागरिक समाज, राजनीतिकर्मी सहितका निकायहरु उत्सुकताका साथ अगाडी बढ्नु पर्ने आवश्यकता रहेको उहाँले बताए।विकास निमार्णका लागी आएका कुल रकम मध्ये ६० प्रतिशत रकम अनियमितता हुने गरेको छ। जनकपुरको सडक नाला आदी सवै जीर्ण अवसथामा रहेको छ। सरकारले विकासका लागी प्रदान गरेको रकमको सदुपयोग गर्न सकेमा ५० प्रतिशत समस्या समाधान हुने उने ठोकुवा गर्नुभयो।
त्यस्तै वरिष्ठ पत्रकार राजेश्वर नेपाली, वृहत्तर जनकपुर क्षेत्र विकास परिसदका अध्यक्ष दिगम्वर राय, सदभावनाका रामगोविन्द यादव, तमलोपाका परमेश्वर साह सहितका बक्ताहरुले जनकपुरको प्रमुख दुश्मन भ्रष्टाचार रहेको बताउनुभयो।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by