ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 22, 2009

गगन थापा भन्छनः सुजाता फिर्ता बोलाउनु पर्छ

कोइरालालाई उपप्रधानमन्त्री बनाएपछी कार्यकर्ताको शिर निहूरिएको छ


सञ्जीव चापापाई झापा , ५ कार्त्तीक
नेपाली कांग्रेसका युवा नेता एवं सभासद गगन थापाले सुजाता कोइरालालाई उपप्रधानमन्त्रिबाट तत्काल फिर्ता बोलाउनु पर्ने बताएका छन । नेपाल प्रेस युनियनद्वारा झापाको विर्तामोडमा आयोजना गरिएको पत्रकार भेटघाटमा थापाले पार्टी भित्र निर्णय गरी कोइरालालाई उपप्रधानमन्त्रीबाट फिर्ता बोलाउनु पर्ने धारणा राखे । उनले कोइरालालाई फिर्ता नबोलाए पार्टी भित्रको गलत प्रवृतिलाई संरक्षण गर्ने प्रमुख नेता विरुद्ध भण्डाफोर अभियान चलाउने घोषणा गरे ।
पार्टीको कुनै निर्णय बिनै कोइरालालाई उपप्रधानमन्त्री बनाइएको र उक्त निर्णयले कार्यकर्ताको शिर निहूराएको उनको भनाइ थियो ।
उनले गतिरोध अन्त्यका लागि माओवादी सहितको राष्ट्रिय सरकारको विकल्प नभएको बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by