ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 20, 2009

माओवादीको चियापान आज

प्रधानमन्त्री र मन्त्रीहरुलाई पनि निम्तो
काठमाडौँ, कात्तिक ३ (नागरिक)- प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले तिहार, नेपाल संवतको नयाँ वर्ष र छठको अवसरमा मंगलबार दिउँसो चियापान कार्यक्रमको आयोजना गर्दैछ। प्रधानमन्त्री र मन्त्रीहरुको कार्यक्रमलाई सार्वजनिक बहिस्कार गर्दै आएको माओवादीले चियापानमा उनीहरुलाई पनि निम्तो दिएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीको चियापान हुने दिन राजनीतिक सहमति हुने यसअघि बताउँदै आएका थिए। यद्यपि राष्ट्रपतिको कदमका विषयमा अझै पनि प्रमुख तीन दलबीच सहमति हुन सकेको छैन।

प्रधानमन्त्रीले  नेपाल संवतको नयाँ वर्षको खुसियालीमा सोमबार बालुवाटारमा आयोजना गरेको चियापान समारोहमा भने माओवादी नेताहरु उपस्थित भएनन्।  

यसअघि नेकपा एमाले र काँग्रेसले दशैँको अवसरमा चियापान गरिसकेको छ। ती कार्यक्रममा माओवादी पनि सहभागी थिए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by